१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश ५ मा नेकपा विजयी

निर्वाचित राष्ट्रियसभा सदस्यहरु ।

दाङ- प्रदेश नम्बर ५ बाट राष्ट्रिय सभाका तीनवटै सदस्यमा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) विजयी भएको छ। प्रदेश नम्बर ५ बाट नेकपाका तीनै उम्मेदवार विजयी भएका हुन्।

तीन सदस्यका लागि यो प्रदेशबाट ९ जना चुनावी मैदानमा भिडेका थिए। खुल्ला तर्फ नेकपाका गोपाल भट्राई विजयी भए। उनी ५ हजार ३ सय ८२ मतभारका साथ विजयी भए। उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका बालकृष्ण पाण्डेले २ हजार ५२ मतभार प्राप्त गरे। यसैगरि समाजवादी पार्टीका कृष्णप्रसाद अहिरको मतभार ४ सय ४४ रह्यो भने राष्ट्रियजनमोर्चाका शिवप्रसाद पौडेलको मतभार १ सय ५६ रह्यो।

यसैगरि अपांगता तर्फ नेकपाका जगप्रसाद शर्मा विजयी भएका छन्। ५ हजार ४ सय २४ मतभारका साथ उनी विजयी भएका हुन्। उनका प्रतिष्पर्धी कांग्रेसका मेहराज अहमद हलवाईले १ हजार ९ सय ८६ मतभार पाए भने समाजवादी पार्टीका सुनिलकुमार सिंघलले ४ सय २० मतभार पाए। यसैगरि महिला तर्फ पनि नेकपाकै बिमला घिमिरे निर्वाचित भईन्। उनी ५ हजार ७ सय ७८ मतभारका साथ निर्वाचित भईन्। उनका प्रतिष्पर्धी नेपाली कांग्रेसकी गिरीजादेबी न्यौपानेको मतभार २ हजार १ सय रह्यो।

प्रदेश नम्बर ५ मा राष्ट्रियसभा सदस्य चयनका लागि भएको निर्वाचनमा ३ सय ३ मत खसेको थियो। घोराही स्थित कर्मचारी मिलन केन्द्र मतदान केन्द्रमा भएको निर्वाचनमा  प्रदेशसभा सदस्य ८६ र स्थानीय तहका प्रमुख उपप्रमुख २ सय १७ जनाले मतदान गरेका हुन्। राष्ट्रिय सभा निर्वाचनको प्रदेश नम्बर ५ मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार कुल प्रदेशसभा सदस्य ८७ मध्य ८६ जनाले मतदान गरे।

केहि दिनअघि मात्रै प्रदेशसभा सदस्य बलदेब शर्मा पोख्रेलको निधन भएपछि एक मत कम भएको हो। यसैगरि स्थानीय तहका २ सय १८ मतदाता मध्य एकजना स्थानीय तहका मतदाता मतदानमा अनुपस्थित भएको थापाले जानकारी दिए।
 

 

प्रकाशित: ९ माघ २०७६ १३:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App