७ वैशाख २०८१ शुक्रबार
राजनीति

तेह्रथुममा २४ योजना छनौट

तेह्रथुम- प्रतिनिधिसभा सदस्य भवानी खापुङको सांसद विकास कोष अन्र्तगत निर्वाचन क्षेत्र विकासका लागि जिल्लाका ६ वटै स्थानीय तहमा २४ वटा योजना छनौट भएको छ। 

निर्वाचन विकास कोष समितिको बैठकले विभिन्न क्षेत्रबाट प्राप्त भएको योजनाहरु मध्येबाट आवश्यक पर्ने २४ वटा योजना छनौट गरिएको प्रतिनिधिसभा सदस्य माननिय खापुङले बताए। उनका अनुसार जिल्लाका ६ वटै स्थानीय तहको विकासका लागि म्याङलुङ नगरपालिकामा ६ वटा योजना, फेदाप गाउँपालिकामा ५ वटा योजना, लालीगुराँस नगरपालिकामा ४ वटा योजना, छथर गाउँपालिका, मेन्छ्यायेम गाउँपालिका र आठराई गाउँपालिकामा ३÷३ वटा योजना छनौट भएका छन्। 

जसमध्ये म्याङलुङ चक्रपथ निर्माण (तम्फुला डाडाखर्क खण्ड)का लागि ५० लाख , श्रीसुद्धफापरबारी खानेपानी योजना म्याङलुङ–६ मा १८ लाख, गुरागाई चोकदेखि जनता आधारभुत विद्यालय हुँदै लानपा जाने सडकमा १० लाख, म्याङलुङ बसपार्क तुम्फुला सम्फरजुङलामीबगरघाट सडक निर्माणमा २० लाख, कोबेक खेल मैदान निर्माण म्याङलुङ–८ मा १० लाख , म्याङलुङ क्याम्पस कक्षाकोठा थप, खानेपानी शौचालय निर्माण साझेदारी कार्यक्रममा १० लाख विनियोजन भएको छ।

यस्तै मुसाङखेल सेपेनी सडक निर्माण लानपामा ५० लाख, चिया प्रशोधन भवन मर्मत लानपा ९ मा १० लाख,सुदाप कोलाबुङदागपा सल्लेरी सडक निर्माण (दागपा खण्ड) लानपामा १० लाख र नेबाङ कृषि सडक स्तरउन्नती लानपामा १० लाख रकम बिनियोजन भएको छ।

यस्तै सक्रान्तीबजार सहरी सडक निर्माण आठराई गाउँपलिका–१ मा ५४ लाख, सक्रान्ती बजारबाट वडानम्बर ३ ह्वाकु जाने सडक निर्माणमा ३२ लाख, सामुदायीक स्वास्थ्य केन्द्र निर्माण खाम्लालुङमा २० लाख रकम बिनियोजन भएको छ।  

यस्तै साक्चुवा डाँडागाउँ कमल भट्टराईको घर हुँदै ज्यामिरे सडक निर्माण फेदापमा १५ लाख, याबरा खेल मैदान फेदाप २ मा २० लाख, सम्दुमाबी थलडाडा मसानघाट जानेबाटो फेदाप ४ मा १५ लाख, भेटवालगाउ कालीकुवा सडकनिर्माण ईसिबु फेदाप ५ मा १५ लाख, शंकरमावि भवन तला थपका लागि १५ लाख रकम विनियोजन भएको छ।

यस्तै सामुदायिक भवन निर्माण मेन्छ्यायेममा ७८ लाख ५० हजार, सल्लेरी खेलमैदान निर्माण मेन्छ्यायेम १० लाख, पौठाक सम्दु सडक निर्माण मेन्छ्यायेममा १० लाख रकम विनियोजन भएको छ।

यस्तै सामुदायीक भवन निर्माण छथरमा ७० लाख, छथर क्याम्पस भवन निर्माणमा ३० लाख र गुम्बा निर्माण तथा मर्मत छथरमा १० लाख रकम विनियोजन गरिएको खापुङले जानकारी दिएका छन्।

प्रकाशित: ३ मंसिर २०७६ १०:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App