१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

बंगलादेशी राष्ट्रपति हमिद आज आउने

काठमाडौ – बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद तीन दिने नेपाल भ्रमणका सिलसिलामा मंगलबार नेपाल आइपुग्ने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा हमिद मंगलबार मध्यान्न काठमाडौं आइपुग्ने भएका हुन्। उनलाई त्रिभुवन विमानस्थलमा औपचारिक स्वागत गर्ने कार्यक्रम रहेको छ।

भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ। त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीका साथै राजनीतिक दलका नेतासँग पनि उनले भेट गर्नेछन्।

राष्ट्रिपति हमिद र उनको प्रतिनिधिमण्डलको सम्मानमा राष्ट्रपति भण्डारीले भोजको आयोजना गर्ने कार्यक्रम रहेको छ। नेपाल भ्रमणका क्रममा राष्ट्रपति हमिदले पोखरा तथा काठमाडौंका ऐतिहासिक, पुरातात्विक एवं सांस्कृतिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: २६ कार्तिक २०७६ ०१:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App