३० असार २०७७ मंगलबार
राजनीति

कूटनीतिक समाधानको कडी

राजा महेन्द्र चीन भ्रमणमा गएका बेला नेपाल र चीनले गरेको सीमालगायत सन्धि गर्दाको झलक। (फोटो सौजन्य : केशर पुस्तकालय, काठमाडौं)

परापूर्व काल
नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्धको इतिहास पुरानो र लामो छ। मञ्जुश्रीले चीनबाट काठमाडौं आएर उपत्यकाभित्रको पानी बगाएर बसोवास सुरु गरेको कथा नेपालमा प्रचलित छ। बुद्धधर्म चीनमा प्रवेश गरेको सयौं वर्षपछि दुई राष्ट्रका बीचमा गैरसरकारी सम्पर्क रहेको वर्णन चार शताब्दीदेखि सुरु गरेको ऐतिहासिक प्रमाण पाइन्छ। तर, आधिकारिक सम्पर्क चाहिँपछि थाङवंशको बेलाबाट सुरु भएको देखिन्छ। कूटनीतिक हिसाबले नेपालको सबैभन्दा पुरानो मित्रता चीनसँग भएको थियो। ऐतिहासिक रुपले ठोकुवा गर्न नसके पनि नेपाली जनश्रुति र लेखिए अनुसार पौराणिककालमा चीनबाट आएका मञ्जुश्री नाम गरेका मुनि/महात्माले काठमाडाैं उपत्यकामा रहेको पानीको विशाल ताललाई सुकाई उपत्यकामा मानव बस्ती बसाउन हालको चोभारको डाँडा काटेका थिए। त्यसपछि उपत्यकामा बस्ती बसाई त्यस स्थानको नाम ‘मंजुपत्तन’ राखिएको थियो। त्यस बखतको चलनमा देश–देशबीच धार्मिक दूत पठाउने प्रचलन थियो। सोही अनुसार सन् ३०६ मा सेन साई नामक दूत नेपाल आई तत्कालीन राजासँग भेटघाट गरेका थिए।सोही काममा सन् ४०६ मा पनि फायन धार्मिक दूत भई नेपाल आएका थिए। व्यापारिक पक्षलाई हेर्ने हो भने, चीनको सिल्क रोड व्यापारको अवधारणा सन् ६१८ बाट सुरु भयो। ताङ राजतन्त्रको समयमा सुरु भएको सिल्क रोड अवधारणाको उपरणनीति ‘टि एन्ड हर्स रोड’भित्र रहेर सन् ६१८ देखि नेपाल सिल्क रोड व्यापारमासमावेश भएको थियो। अहिले चीनले लागू गरेको ‘बेल्ट एन्ड रोड इनिसेटिव’ अवधारणा पनि उक्त सिल्क रोडकै नयाँ पुस्ता हो।सन् ६३६ मा धार्मिक दूतकै रूपमा हवेन साङ नेपाल आई तत्कालीन राजदरबारका पाहुना बनेका थिए। अहिलेसम्मको अभिलेखमा नेपाल कत्रो थियो भनेर वर्णन गर्ने पहिलो विदेशी पनि उनी नै थिए। तत्कालीन नेपालको क्षेत्रफल ४००० स्क्वायर ली (३ ली बराबर १ माइल) भएको लेखेका छन्। सन् ६४७तिर राजा नरेन्द्रदेवको पालामा चिनियाँ दूतहरूली प्याओ र वाङ छेन से भारत कन्नौजका राजा हर्षवर्धनको दरबारमा गएका थिए। हर्षवर्धन खुसी भई प्रशस्त सम्पत्ति दिएर दुवै दूतलाई बिदा गरे। त्यसपछि तुरुन्तै हर्षवर्धनलाई उनका सेनापति अरुणाश्व (अर्जुन) ले हत्या गरी आफैं राजा भए र चिनियाँ दूतको सम्पत्ति लुटेर बेइज्जत गरी पठाए। ती दुवै दूत भागी नेपाल पसे। यो कुरा चीनको राजाले थाहा पाएपछि उनले नेपाल र तिब्बतलाई सैनिक सहयोग माग गरी लुटाहा अरुणाश्वलाई ठीक पार्न अनुरोध गरे। सोही अनुसार नेपालले सात हजार  घोडचढी सेना र तिब्बतले एक हजार दुई सय भोटे पैदल सेना सहयोग दिएका थिए। ती दुवै संयुक्त फौजले कन्नौज गई अरुणाश्वको सेनालाई पराजित गरी उसलाई पक्रेर तिब्बत लगेपछि फासी दिइएको थियो। लिच्छविकालमै चीनसँग पनि अति राम्रो पहुँच भएका तिब्बती राजा स्रङचङ गम्पोले नेपालका राजा अंशुवर्माकी छोरी भृकुटीसँग विवाह गरेका थिए। तर, यसबारे भृकुटी कसकी छोरी हुन् भन्ने विवाद छिनोफानो हुन सकेको देखिँदैन। लिच्छवि राजा जय भीमदेवको पालामा तिब्बतमा गुम्बा बनाउन तिब्बती राजाको अनुरोधमा नेपालले बलबाहु लाछिमे (पछि अरनिको नामले प्रख्यात) को नेतृत्वमा ८० जना सिकर्मी/डकर्मी तिब्बत पठाइयो। त्यो टोलीले बनाएको गुम्बा/चैत्य देखेर चिनियाँ राजा कुब्ला खाँ दङ्ग परे। त्यसपछि उनले उक्त टोलीलाई चीनमा पनि चैत्य बनाउन बोलाए। सन् १२६२ मा अरनिकोले नेतृत्व गरेको टोली पेकिङ पुग्यो। सन् १२७१ मा पेकिङमा हाल भएको ‘ह्वाइट पगोडा’सँगै उक्त टोलीले चीनमा धेरै चैत्य बनाएको थियो।

नेपाल–चीन सम्बन्ध पौराणिककालदेखि वर्तमानसम्म बढिरहेको छ। यो अवधिमा धेरै घटना घटे। चीनले नेपालको विकासका लागि अनगिन्ती सहयोग दिएको छ भने दुवै देशबीच स्थिर सम्बन्ध विकास भइरहेको छ।

मल्लकालदेखि सन् १७९२ सम्म नेपाल र चीनको सम्बन्ध अत्यन्तै राम्रो भएका कारण नेपालले तिब्बतमाथि एकाधिकार जमाई सुन, नुन र ऊनको व्यापारचलायो। यस व्यापारले गर्दा नेपालको आर्थिक स्थिति अति राम्रो भयो भने त्यस युगलाई नेपालको स्वर्णिमकाल समेत भनिन्छ। सन् १७९१ मा भएको नेपाल–चीन–तिब्बत युद्धपछि भने नेपालले तिब्बतसँगको व्यापारबाट वञ्चित हुन परेको थियो।

आधुनिक काल
सन् १७४४ (वि.सं.१८०१) बाट गोर्खा राज्यले थालेको नेपाल एकीकरणपछि नेपालको राजनीतिक इतिहास फराकिलो बन्दै गएको थियो। सन् १४४४ मा नुवाकोट र सन् १७६८(वि.सं. १८२५) मा कान्तिपुर विजय भएपछि तिब्बतसँगको व्यापार र कूटनीतिक सम्बन्ध पूर्णरूपले कान्तिपुरे राज्यबाट गोर्खाली शाह राजाको हातमा पुग्यो। तत्काल तिब्बत चीनको प्रत्यक्ष नियन्त्रणमा नभए पनि नेपालका वकिल (नेपालका राजदूत सरहका प्रतिनिधिलाई वकिल भनिन्थ्यो) र चिनियाँअम्बा (चिनियाँ राजदूत सरहका प्रतिनिधिलाई अम्बा भनिन्थ्यो)हरूको संयुक्त सल्लाहबाट त्यहाँ राजकाज चलाइन्थ्यो।चीनका बादशाहका लागि तिब्बतसम्मानित धार्मिक स्थल थियो। त्यसैले चीनले तिब्बतलाई आफ्नो पवित्र स्थल मान्थ्यो भने चिनियाँ राजाहरुले तिब्बतमा थुप्रै गुम्बा/चैत्य बनाएका थिए। यता आएर पृथ्वीनारायण शाहको मृत्युपछि नेपाल र तिब्बत तथा चीनबीच व्यापारिक कारण पटक–पटक विवाद भयो। कूटनीतिक माध्यम असफल भएपछि नेपालले उत्तरी छिमेकीसँग तीनपटकयुद्ध गर्नुपरेको थियो।

तिब्बतले कूटनीतिक मर्यादा तोडेकाले त्यसको बदला नेपालले सैनिक कारबाहीबाट गर्ने निधो ग-यो। यो युद्ध पूर्णरूपले नेपालले जित्यो भने थापाथलीको सन्धिबाट युद्ध अन्त भयो।

पहिलो नेपाल–तिब्बत युद्ध (सन् १७८८–८९)
राजा रणबहादुर शाहको शासनकालमा राज्यका नायब तथा राजकुमारबहादुर शाह (रणबहादुरका काका)को पहलमा यो युद्ध भई केरुङको सन्धिबाट अन्त भएको थियो। यो युद्ध मल्लकालमा बनेको खोटा चाँदीका मोहर र शाहकालमा बनेका शुद्ध चाँदीका मोहरको मूल्यको सम्बन्धमा भएको थियो।

दोस्रो नेपाल–चीन–तिब्बत युद्ध (सन् १७९१–९२)
केरुङ सन्धिमा तिब्बतले पालना गर्नुपर्ने बुँदाहरुलाई नमानी वार्षिक नेपाललाई तिर्नुपर्ने ५० हजार मोहर नतिरेपछि नेपालले दोस्रोपटक तिब्बतमाथि हमला ग-यो। सो युद्धमा विजय प्राप्त गरी करिब नौ महिनासम्म नेपाली सेना तिब्बतको विभिन्न ठाउँमा बस्यो।तिब्बतको अनुरोधमा चीनले नेपालविरुद्ध लड्नका लागि फु–खाङ–आनको नेतृत्वमा १७ हजार सैनिक तिब्बत पठाएपछि यो युद्ध नेपाल–चीन–तिब्बतयुद्ध बन्न पुग्यो। युद्ध सुरु भएको करिब ११औँ महिनामा चीन पनि सामेल हुन आएपछि यो युद्ध वेत्रावतीको सन्धिबाट टुंगियो।नेपालले तिब्बतको व्यापार सदाका लागि गुमायो भने व्यावहारिक रुपमा जे भए पनि कानुनी रुपमा नेपाल छिङ वंशीय चिनियाँ छियानलोङ बादशाहको अधिन हुन बाध्य भयो।

सिल्क रोडदेखि बिआरआईसम्मको इतिहास केलाउँदा नेपालले आर्थिक लाभ लिएकै छ र लिनेछ। चीन र भारतसँगको सरल, असल र सफा सम्बन्ध र सहयोगबाटै नेपालले ‘राष्ट्रिय सुरक्षा’ बलियो बनाउनुपर्छ।

अन्तिम नेपाल–तिब्बत युद्ध (सन् १८५५–५६)
वेत्रावतीको सन्धि अनुसार नेपालले चीनको बादशाहलाई आफ्नो मालिकको रूपमा मान्नुपर्नेर वर्ष–वर्षमा नेपालका राजाले सौगात पठाई चीनका बादशाहलाई खुसी पार्ने चलन थियो। त्यसका लागि नेपालबाट ठूलै टोली चीन पुग्थ्यो र करिब ६ महिनाको अवधिपछि नेपाल फर्कन्थ्यो। प्रधानमन्त्री जंगबहादुरको समयमा सरदार गम्भीरसिंह गड्तौलाको नेतृत्वमा सौगात लिएर चीन गएको टोलीलाई भोटेहरूले अभद्र व्यवहार गरी खान र बास बस्न समेत नदिँदा धेरैजना बाटोमै मरे,एकजना मात्र बा“चेर नेपाल आइपुगे। यसबाट तिब्बतले कूटनीतिक मर्यादा तोडेकाले त्यसको बदला नेपालले सैनिक कारबाहीबाट गर्ने निधो ग¥यो। यो युद्ध पूर्णरूपले नेपालले जित्यो भने थापाथलीको सन्धिबाट युद्ध अन्त भयो।

पछिल्लो कालमा हेर्ने हो भने दोस्रो विश्वयुद्धमा नेपालले चिनियाँ सैनिकलाई तालिम दिन सैनिक शिक्षक टोली पठाएको थियो। दोस्रो विश्वयुद्धको समयमा चीनले पनि जापानविरुद्ध अमेरिकी र अंग्रेजी फौजलाई सैनिक सहयोग दिएको थियो। त्यस बेला बर्मामा खटिएका नेपाली फौजबाट चिनियाँ फौजलाई तालिम दिनका लागि नेपाली सैनिक शिक्षक टोली चीनको भू–भागमा पठाइएको थियो।

२००७ देखि
सन् १९५० पछि नेपालको राजनीतिक इतिहासमा भएको परिवर्तनसँगै नेपाल–चीन सम्बन्ध द्रूतगतिमा अगाडि बढेको छ। यस कालका मुख्य गतिविधि निम्न अनुसार छन्।

१)केआईसिंहको चीन पलायन
नेपाली कांग्रेसभित्रको आन्तरिक मतभेदका कारण २४ घण्टामा कुँवर इन्द्रजित सिंह (डा. केआई सिंह) ले काठमाडौं कब्जामा लिए। त्यसपछि केही सहयोगीको साथ उनी राजनीतिक शरणार्थीकारूपमा रसुवागढी हुँदै केरुङ र पेकिङ पुगेका थिए। केही वर्षपछि नेपाल फर्केर उनी प्रधानमन्त्री समेत भएका थिए।

प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको समयमा वैधानिक सीमांकन गर्ने काम भयो। त्यही सिलसिलामा हालको सगरमाथा हिमालको स्वामित्वको विषयमा केही विवाद हुँदा चीनले शालिनताका साथ सगरमाथाको नेपालतर्फको पाटो नेपालकै हो भनी स्वीकार ग-यो। त्यसबखत चीनले देखाएको महानतालाई कदर गर्नुपर्छ।

२)सगरमाथा हिमालको विवाद
नेपाल र तिब्बतबीच परापूर्वकालदेखि भएका घनिष्ठ सम्बन्धले र नेपालको उत्तरतर्फको हिमालले गर्दा सीमासम्बन्धी खासै विवाद थिएन। तर, पश्चिम १ नम्बर रसुवा, पूर्व धनकुटा क्षेत्रका किमाथाङका र थुदाम तथा जुल्ला क्षेत्रको नारा भञ्ज्याङइलाकामा रहेको सीमा विवाद कायम थियो। तर, पछि प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको समयमा वैधानिक सीमांकन गर्ने काम भयो। त्यही सिलसिलामा हालको सगरमाथा हिमालको स्वामित्वको विषयमा केही विवाद हुँदा चीनले शालिनताका साथ सगरमाथाको नेपालतर्फको पाटो नेपालकै हो भनी स्वीकार ग-यो। त्यसबखत चीनले देखाएको महानतालाई कदर गर्नुपर्छ, किनभने त्यो हिमाल चीनले आफ्नै हो भन्न सक्थ्यो, तर त्यसो गरेन। यो हिमालको नाम देवढुंगा, चोमोलोङमा, सगरमाथा र माउन्ट एभरेस्टको नामले चिनिन्छ।

३)राजा महेन्द्रको चीनसँगको कूटनीति
राजा त्रिभुवनको पालामा भारतले पठाएका सचिवहरू राजदरबार लगायत सबैजसो मन्त्रालयको प्रमुख थिए भने नेपालभर विभिन्न ठाउँमा भारतीय सैनिक तैनाथ थिए। भारतले ती सचिव र सेना फिर्ता नफर्काउने अडान लिएको अवस्थामा राजा महेन्द्रले बुद्धि पु-याएर चीनसँगको कूटनीति सामीप्यताबाट ती टोली भारत फिर्ता हुनुपरेको थियो।

४)खम्पाकाण्ड
तिब्बतबाट निर्वासित भई भारतमा रहेका दलाई लामाका समर्थक हतियारधारी लडाकुहरू (जसलाई खम्पा भनिन्थ्यो)ले नेपालको भू–भागमा बसेर तिब्बतमा रहेका चिनियाँ फौज र प्रशासनविरुद्ध सशस्त्र आक्रमण गर्न थाले। जुन कुरा चीनका लागि ठूलो समस्या र चासो भएकाले चीन सरकारको अनुरोधमा सन् १९७४/७५ मा नेपाल सरकारले उक्त खम्पा विद्रोह दमन गरेको थियो।

५)हवाई प्रतिरक्षा हतियार खरिद
नेपाली भूमिमा विनाअनुमति भारतीय लडाकु विमान पटक–पटक प्रवेश गरी अन्तर्राष्ट्रिय नियम मिचेको अवस्थामा सो विषय कूटनीतिक पहलबाट समाधान हुन नसक्दा नेपालको सार्वभौमसत्ताको रक्षार्थ यस्ता गतिविधि रोक्न बाध्य भई नेपाल सरकारले सन् १९८८ जुलाईमा चीनबाट हवाई प्रतिरक्षाका लागि हतियार तथा उपकरण खरिद गरेको थियो। नेपाल–चीन सम्बन्धको इतिहासमा चीनसँग धेरै परिणाममा हतियार किनिएको पहिलोपटकथियो। यही कारण भारतले त्यस बखत पनिलामो समयसम्म नाकाबन्दी लगायो।यही हतियारको कारणले हो भारतीय लडाकु विमानहरुले नेपाललाई हेपेर हाम्रो आकाशमाथि उड्न छाडेको पनि।

नेपाल–चीन सम्बन्ध पौराणिककालदेखि वर्तमानसम्म बढिरहेको छ। यो अवधिमा धेरै घटना घटे। चीनले नेपालको विकासका लागि अनगिन्ती सहयोग दिएको छ भने दुवै देशबीच स्थिर सम्बन्ध विकास भइरहेको छ। वास्तवमा सन् १९९० अगाडिसम्म चीनले नेपाललाई स्थापना गरी दिएका उद्योगहरु फेरि पनि स्थापना गरी दिन अनुरोध गर्नुपर्छ। सन् १९९० पछिको राजनीतिक परिवर्तनका नाममा उक्त उद्योगहरुको समाप्ती पार्नु त्यस बखतको सरकारको बदमासी र नेपालीको दुर्भाग्य भयो। ती दिनपछि आजसम्म नेपालमा उद्योगमासिँदै गए।चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको अवसर पारेर सरकारले विकास र उद्योगहरुमा सहयोग माग्नु जरुरी छ। नगद सहयोग दिँदा नेपालमाअत्याधिक भ्रष्टाचार हुने हुँदा चीन सरकारले आफ्नै जनशक्तिको नेतृत्वमा नेपाली कामदार लगाउनुपर्छ। सिल्क रोडदेखि बिआरआईसम्मको इतिहास केलाउँदा नेपालले आर्थिक लाभ लिएकै छ र लिनेछ। चीन र भारतसँगको सरल, असल र सफा सम्बन्ध र सहयोगबाटै नेपालले ‘राष्ट्रिय सुरक्षा’ बलियो बनाउनुपर्छ। अनि मात्र हवाई मित्रहरुको सहयोग स्विकारिनु वाञ्छनीय छ किनभने नेपाल ‘दुई ढुंगाबीचको तरुल’ हो र हामी मित्र बदल्न सक्छौँ, तर छिमेकी बदल्न सक्दैनौ। चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण सफल होस्र नेपाल चीन दौत्य सम्बन्ध सफा र निश्चल रहोस् भन्ने कामना गरिन्छ।

प्रकाशित: २५ आश्विन २०७६ ०७:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App