६ वैशाख २०८१ बिहीबार
राजनीति

सरकार दुई तिहाइको होइन, काण्डै–काण्डको भयोः महामन्त्री कोइराला

नेपालीकांग्रेसका महामन्त्रीशशांक कोइराला। तस्बिर–मोहन/नागरिक

स्याङ्जा - नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकार गणितीयरुपमा दुई भए पनि व्यवहारिकरुपमा काण्डै–काण्डको सरकार भएको बताएका छन्।  नेपाल महिला संघ स्थापना दिवसको अवसरमा वालिङमा आयोजित कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले भने, ‘ओली सरकार दुई तिहाइको होइन, काण्डै–काण्डको सरकार हो।  बुढीगण्डकी, वाइडबडी, सुनकाण्ड, निर्मला काण्ड, जग्गाकाण्ड, रविकाण्ड प्रतिनिधि काण्ड हुन्। ’ सरकारको काण्डै काण्डले लोकतन्त्र खतरामा रहेको उनको भनाई थियो।  

सरकारले लोकतन्त्रलाई उल्टो व्याख्या गरिरहेको नेता कोइरालाले आरोप लगाए।  नेपाली कांग्रेसको नेतृत्वमा ल्याएको संविधानलाई अपव्याख्या गर्दै कम्यूनिष्ट सरकारले आफू अनुकुल बनाउन खोजेको उनको तर्क थियो।  ‘सरकारको हरेक क्रियाकलाप संविधानअनुकुल छैन।  सरकार अनुकुल संविधान बनाउन खोजे,’ उनले भने, ‘सरकारको अप्रिय गतिविधिलाई अन्त्यका लागि तयार हौं। ’ अहिले प्रतिपक्षी (कांग्रेस) को उपस्थितिकम र आवाज सानो भएकाले एक ढिक्का भएर लाग्न कार्यकर्तालाई आग्रह गरे।

पार्टी भित्रको गुट–उपगुटको अन्त्यले मात्रै सरकारको हरेक क्रियाकलापमा खबरदारीको उपस्थिति र आवाज पुग्ने नेता कोइरालाको दावी थियो।  ‘हामी उत्तर, दक्षिण, पूर्व र पश्चिम फर्केर होइन्, एकताबद्द र एक ढिक्का भएर लाग्नुपर्छ,’ उनले भने।  नेताबीचको बेमेलले कार्यकर्तामा निराश छाएको हुनाले शेरबहादुर, रामचन्द्र र कृष्ण सिटौलालाई एक ढिक्का बनाउने जिम्मा आफुले गर्ने उनले कार्यकर्तालाई आश्वसन दिए।  उनले भने, ‘नेताहरु नै गुट–उपगुट बनाउनमा व्यस्त छन्।  त्यसको समुलअन्त्य गर्ने जिम्मा मेरो हो। ’

शनिबार नेपाली कांग्रेसको संस्थापन र प्रजातन्त्रि कपक्षले फरक–फरक ठाँउमा कार्यक्रम गरेका थिए।  संस्थापन पक्षले वालिङमा र प्रजातान्त्रि कपक्षले चापकोटको बेलचौतारामा कार्यक्रम गरेको हो।  वालिङमा डा. शशांक कोइराला र चापाकोटमा नेपालीकांग्रेका केन्द्रिय नेतागोपालमान श्रेष्ठ आएका हुन्।

प्रकाशित: १४ भाद्र २०७६ १३:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App