१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संविधानको प्रावधानलाई सरकारले उल्ट्याउने प्रयास गर्दैछः खाँड

फाइल तस्बिर

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले संविधानको स्थापित प्रावधानलाई समेत उल्ट्याउने प्रयास गरिरहेको आरोप लगाएका छन्। उनले सरकारले विधेयकका माध्यमबाट संविधानको प्रावधानलाई उल्ट्याउन खोजेको बताएका हुन्।

६१ औं संसद दिवसको अवसर पारेर पूर्व सांसद मञ्च, नेपाल र संघीय संसद सचिवालयले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले संसदीय लोकतन्त्रप्रति विश्वास गर्न सबैलाई आग्रह गरे।

प्रमुख सचेतक खाँडले जनतालाई शान्तिपूर्ण ढंगले जिउने वातावरण बनाउनका लागि पनि संसदीय लोकतन्त्रको विकल्प नरहेको पनि स्पष्ट पारे।

प्रकाशित: १६ असार २०७६ ०९:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App