१८ असार २०७७ बिहीबार
राजनीति

बारको नयाँ नेतृत्वका लागि मतदान

काठमाडाैं – काठमाडौँ अदालत जिल्ला बार एकाइको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । नयाँ नेतृत्वका लागि आज बिहान ८ बजेदेखि सुरु भएको मतदान ४ बजे सम्पन्न हुने काठमाडौँ बार निर्वाचन अधिकृत कमलराज अधिकारीले जानकारी दिए ।

निर्वाचनमा लोकतान्त्रिक समूहबाट अध्यक्षमा जगदिश घिमिरे र प्रगतिशील समूहबाट कुमार आचार्यको समूहबीच प्रतिस्पर्धा हुँदैछ । दुई हजार ६ सय ८ मतदाता रहेको सो बार एकाइमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्ष, महिला सदस्य (दुई) तथा खुला सदस्य १२ जना गरी १९ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ । रासस

प्रकाशित: १४ असार २०७६ ११:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App