coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कम्युनिष्टको शक्ति भनेकै प्रोपोगाण्डा होः महत

पर्वत काँग्रेसको पार्टी कार्यालयमा सहमहामन्त्री डा.प्रकाशशरण महत। तस्बिरः नागरिक

पर्वत– नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले कम्युनिष्टले जनतामा भ्रम चर्को छर्ने तर कामै नगर्ने गरेको अाराेप लगाएका छन्। नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालयमा शनिबार बिहान कार्यकर्ता भेटघाटमा महतले कम्युनिष्टबाट भ्रमित भएका जनता बिस्तारै बुझ्न थालेको बताए।

‘निरंकुश फाल्ने हामी, शान्ति ल्याउने हामी, संविधान ल्याउने हामी, संविधानको कार्यान्वयन गर्ने हामी, मुलुकलाई विकासको दिशानिर्देश गर्ने हामी तर अहिले हामीले गरेको काम देखिएको छैन’ पर्वतका कार्यकर्ता भेटघाटमा महतले भने–‘कम्युनिष्ट गर्दै नगरेको कामलाई पनि प्रचार गरेर भ्रम छर्न पोख्त छन तर हामी गरेका कामलाई पनि प्रचार नै गर्दैनौ।’

कम्युनिष्ट ज्यादा कुरा गर्ने, काँग्रेस काम गर्ने भएकोले कम्युनिष्ट र काँग्रेसबिचको फरक नै त्यही भएको उनले बताए। काँग्रेसले गरेको कामको प्रचार कम हुँदा कम्युनिष्टले कुहेको चामल बेचिरहेको प्रसंग ल्याउदै कांग्रेस सह–महामन्त्री महतले कामसँगै जनतालाई बुझाउन नसक्नु कांग्रेसको कमजोरी भएको धारणा राखे।

उनले आफू–आफूबीच आन्तरिक आरोप–प्रत्यारोप, निन्दा गर्ने बानीले कांग्रेस कमजोर भएको भन्दै उनले कम्युनिष्टको खराब काम र भ्रमका विषयमा जनतालाई बुझाउन लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए।

उनले व्यक्तिगत महत्वकांक्षा, असन्तुष्टिलाई त्यागेर पार्टीको विचार र गतिशिल बनाउन योगदान गर्न पनि नेता कार्यकर्तालाई आग्रह गरेका थिए।

प्रकाशित: ४ जेष्ठ २०७६ ०८:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App