१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘निर्मलाका बलात्कारीलाई सडकमा ल्याएर कारवाही गर्छाैं’

सुर्खेत– नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या र बलात्कारमा संलग्नलाई तरुण दलले सडकमा ल्याएर कारवाही गर्ने दावी गरेका छन्। उनले बलात्कार र हत्यामा संलग्नलाई सरकारलेनै संरक्षण गरिरहेको बताउँदै अव तरुण दलले कारवाही गर्ने चेतावनी दिए।

‘आजसम्म हामीले बलात्कार र हत्यामा संलग्नलाई कारवाही गर्न सडकबाट खवरदारी ग¥यौं’ आइतबार तरुण दलले वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेश स्तरीय विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले भने, ‘अव सडकमै ल्याएर हत्यारा र बलात्कारीलाई कारवाही गछौं।’ 

अध्यक्ष बस्नेतले पूर्व प्रधानमन्त्री एवम् पार्टी सभापति स्वर्गीय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नामका दुई अस्पताललाई संघीय सरकार अन्र्तगत नराखेर सरकारले पूर्वाग्रही निर्णय गरेको भन्दै त्यसविरुद्ध आफूहरु बलिदानी दिन तयार रहेको बताए। ‘देशलाई शान्ति र संविधान दिने पूर्व प्रधानमन्त्रीद्वयका नामका अस्पताललाई वर्तमान सरकारले खारेज गर्ने उद्देश्य अनुरुप संघीय सरकार मातहत नराखेको हो’ उनले भने, ‘सरकारले बेलैमा निर्णय नसच्याए तरुणहरु बलिदानी दिन तयार छौं।’ अध्यक्ष बस्नेतले राणा, पञ्चायत र राजा फाल्ने कांग्रेसलाई कम्युनिष्टले चुनौती दिएको भन्दै अहिलेकै अवस्थामा सरकार अगाडि बढेमा सडकबाटै सरकार फाल्ने चेतावनी पनि दिए। 

अध्यक्ष बस्नेतले हराएको ३३ किलो फिर्ता नभए प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालको घरका भित्ता फोड्ने चेतावनी पनि दिए। ‘हराएको भनिएको ३३ किलो सुन फिर्ता गर्न पटक–पटक दवाव दिँदै आएका थियौं, अव प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डको घरका भित्ता फुटाल्छौं’ उनले भने।

वर्तमान कम्युनिष्ट सरकारले नेपाली जनतालाई महंगी, भ्रष्टाचार र बलात्कार उपहार दिएको बताए। ‘भ्रष्टाचारी प्रमाणित भइसकेका पर्यटन मन्त्री रविन्द्र अधिकारीको संरक्षणमा सरकार लागेको छ, निर्मला पन्तका बलात्कारी र हत्याराको संरक्षण पनि राज्यलेनै गरिरहेको छ’ उनले भने, ‘दिनदिनै बढ्दै गएको महंगीले जनता आजित भइरहेका छन्।’

उनले महंगी, भ्रष्ट्राचार र बलात्कारविरुद्ध काठमाडौंमा ‘तरुण मार्चपास’ गर्ने तयारी भइरहेको बताए। ‘सात वटै प्रदेशमा विरोधसभा सम्पन्न गरेपछि सरकारविरुद्ध काठमाडौंमा पार्चपास गछौं’ उनले भने, ‘त्यसपछि सरकारलाई तरुणको ताकतका बारेमा जानकारी हुन्छ।’

प्रकाशित: १३ माघ २०७५ १५:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App