coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेविसंघमा नयाँ समिति गठन गर्न दबाब

काठमाडौं – नेपाली कांंग्रेसलेको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको वर्तमान नेतृत्वबाट १२ औं महाधिवेशन सम्भव नरहेको असन्तुष्ट पक्षले जनाएका छन्। संघका असन्तुष्ट पक्षले पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल निवासमा धर्ना दिँदै तत्काल तदर्थ समिति गठन गर्न माग गरेका हुन्। 

संघका अध्यक्ष नैनसिंह महर र महामन्त्री कुन्दनराज काफ्लेकै जिल्लामा अधिवेशन नभएको जिकिर गर्दै उनीहरूले १२औं महाधिवेशनको सुनिश्चिताका लागि नयाँ कार्यसमिति गठनका लागि माग गरेका छन्।‘अहिलेको नेतृत्वबाट महाधिवेशन र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा संगठनको जित सम्भव छैन,’ संघका नेता दिपक भट्टराईले भने, ‘तत्काल नयाँ कार्यसमिति बनाएर संगठनलाई अघि बढाउनुपर्छ।’

पटकपटक समय थप गर्दासमेत १२औं महाधिवेशन सुनिश्चित नभएको जनाउँदै संघका काठमाडौं अध्यक्ष सुरज बैद्यले भने, ‘अहिलेको कार्यसमितिको औचित्य सकियो अब नयाँ समिति गठन गरेर अघि बढ्नुपर्छ।’ संघका अध्यक्ष महर र महामन्त्री काफ्ले भने महाधिवेशनका लागि थप समय लिने पक्षमा रहेका बेला पार्टीले अर्को निर्णय नहुँदासम्म अहिलेकै समितिलाई कार्यसम्पादन गर्न निर्देशन दिएको छ। नेविसंघका साथै अन्य विषयमा छलफल गर्न कांग्रेसले माघ १० गते केन्द्रीय समिति बैठक बोलाए पनि विधानत माघ २ गतेबाट संघको औपचारीक कार्यकाल समाप्त भएको छ।

प्रकाशित: ४ माघ २०७५ ०१:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App