coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एकलाैटी भएकाे भन्दै वडाध्यक्षले च्याते निर्णय पुस्तिका

नीलकण्ठ नगरपालिका १२ का वडा अध्यक्षले च्यातेको नगर कार्यपालिकाको बैठकको निर्णय पुस्तिका। तस्बिर:नागरिक

धादिङ - नगरपालिकाले गरेको निर्णय एकलौटी भएको भन्दै वडाध्यक्षले निर्णय पुस्तिका च्योतका छन्। धादिङको नीलकण्ठ नगरपालिकाको कार्यपालिकाको निर्णय पुस्तिका वडा नं. १२ का वडाध्यक्ष बाबुराम लम्सालले च्यातेका हुन्। सामान्य रूपमा निर्णय लेख्ने तर पछि नगरप्रमुख भीमप्रसाद ढुंगानाले आफ्नो हालीमूहाली गरेर निर्णय फेर्ने गरेका कारण बैठकको माइन्यूट च्यातेको लंम्सालले बताए।

नेपालको कानुनअनुसार सबै चल्नु पर्नेमा नगरप्रमुखले मनोमानी गरेको वडाध्यक्ष लम्सालको दाबी छ। ‘कानुनअनुसार माइनुटमा लेखिएका निर्णय प्रमुख प्रशासकीय अधिकृतले प्रमाणीकरण गर्नु पर्ने हो तर आफ्नै अनुकूलमा निर्णय लेख्ने आफै प्रमाणित गर्ने गरेका छन्,’ अध्यक्ष लंम्सालले भने, ‘बैठकमा नगरप्रमुखले म अध्यक्ष हो मैले भने अनुसार गर्नुपर्दछ, चित्त नबुझे निस्केर जाने भन्छन्। निस्के मनोमानी निर्णय हुन्छ। बैठकमा बसे निर्णय फेरिन्छ, हामीले उठाएका कुरा एउटै आउँदैन। जे गरे पनि नहुने।’

जनताको विश्वास जितेर जनताकै मतले चुनिए पनि नागरिकलाई सेवा प्रवाह गर्नबाट कुण्ठित पारेको उनको भनाइ छ। वडाध्यक्षले पाउने अधिकांश सेवासमेत आफूहरूले नपाउने गरेको लम्सालले बताए। उपस्थित भनेर खाली पानामा हस्ताक्षर गर्न लगाउने पछि त्यसैलाई निर्णय बनाउने गरेको उनले बताए। यसअघि पनि नगरप्रमुख ढुंगानालाई नगरभित्रका विकास निर्माण तथा एकलौटी गरेको आरोप लागेको थियो। नगर उपप्रमुखलगायत वडाध्यक्षले कानुनको उल्लंघन गरेको भन्दै नगरप्रमुखको कार्यप्रति असन्तुष्टि व्यक्त गरेका थिए।

विकास निर्माणका कार्यमा कर्मचारी हाबी गराएर वडा अधिकार नदिई नगरपालिकाले आफंै मनोमानी तरिकाले आफ्नो चाहनाअनुसार खर्च गरेको अध्यक्ष लम्सालले बताए। ‘७ लाखको तारजाली ५ लाखको खानेपानी पाइप वितरण गर्दा न वडालाई जानकारी भयो न कार्यपालिका बैठकलाई। यस्ता धेरै काममा मनोमानी भएका छन्,’ अध्यक्ष लम्सालले भने, ‘जनतालाई सेवा दिन आएका हौँ, मनोमानी गर्न होइनौँ।’ विविध छलफल भनेर माइन्यूटमा लेख्ने र पछि आफ्नो अनुकूलमा निर्णय फेर्ने, आफै प्रमाणीकरण गर्ने गरेको आरोप लगाएका छन्। जनताको माग र समस्यालाई मध्य नगर गरेर काम गर्न नगरप्रमुखसँग सल्लाह गरेको तर नसुध्रिएपछि माइन्युट च्यात्न बाध्य भएको उनको भनाइ छ।

यता नगरप्रमुख ढुंगानाले आफूलाई लगाएको आरोप झुट भएको बताए। बिना कारण कार्यपालिकाको बैठकको निर्णय पुस्तिका वडाध्यक्षले च्यातेको उनले बताए। ‘माग भए सल्लाह गर्ने हो तर निर्णय पुस्तिका च्यातेर समस्याको समाधान हँुदैन,’ नगरप्रमुख ढुंगानाले भने, ‘ऐननियम भन्दा एक रत्ति बाहिर रहेको काम गरेको छैन।’ कार्यपालिका बैठकको निर्णय प्रमाणित गर्ने कुरा ऐनअनुसार नै गर्न सकिने र नगरप्रमुख वा प्रमुख प्रशासकीय अधिकृत जसले गर्दा पनि हुने प्रमुख ढुंगानाको भनाइ छ।

प्रमुख प्रशासकीय अधिकृत जगन्नाथ पन्त विगत नौ महिनादेखि नीलकण्ठ नगरपालिकामा छन्। तर कार्यपालिका बैठकका निर्णय प्रमाणित एकपटक मात्रै गरेको उनले बताए। नगरप्रमुखले नभई प्रमुख प्रशासकीय प्रमुखले निर्णय प्रमाणित गर्ने छलफल भएपछि आपूmले कात्र्तिक महिनाको बैठकको निर्णय प्रमाणित गरेको प्रमुख प्रशासकीय अधिकृत पन्तले बताए। त्यसअघि नगरप्रमुखले नै प्रमाणित गर्दै आएको उनको भनाइ छ। कसले प्रमाणित गर्ने भन्ने विषयमा अन्योल रहेको छ।

प्रकाशित: ४ माघ २०७५ ०१:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App