coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

'कांग्रेस सिंहदरबार पुग्ने हो भने हात्तीको होइन घोडाको गतिमा दौडिनु पर्छ' (भिडियाे सहित)

काठमाडाैं - संसदमा आफ्नो भूमिकालाई सशक्त पार्न नेपाली कांग्रेसले गठन गर्न लागेको छायाँ सरकारले ओली सरकारलाई जनताप्रति उत्तरदायी बनाउन र आगामी निर्वाचनमा आफ्नो पक्षमा जनमत बटुल्न सघाउ पुर्‍याउने राजनीतिक विश्लेषक पुरन्जन आचार्यले बताएका छन्।

पार्टीले कसैलाई जिम्मेवारी नदिएकाले वर्तमान सरकारका कमि कमजोरी नियाल्ने व्यक्ति नभएको उनको ठम्याई छ। छायाँ सरकार संसदीय परिपाटीको आयाम रहेको आचार्यको बुझाई छ।

स्थानीय, प्रदेश र केन्द्र तहको निर्वाचनमा अप्रत्यासित हार व्यहोरेको नेपाली कांग्रेसले अबको ४ वर्षपछि सत्तामा पुग्न निकै मिहेनत गर्नुपर्ने आचार्यको विश्लेषण छ। नागरिकसँग कुरा गर्दै विश्लेषक आचार्यले भने,"निर्वाचनको परिणामले कांग्रेसलाई पछि त पार्‍याे तर उ कहाँ छ भनेर अरुले खोज्नुपर्ने स्थिति आयाे।" महासमिति वैठकपछि कांग्रेसले केही गति लिए पनि यो गतिले कांग्रेसलाई सिंहदरबारको यात्रा नगराउने आचार्यको विश्लेषण छ। "महासमिति वैठकपछि कांग्रेसले हात्तिको चाल त लिएको छ तर हात्तीको चालले मात्र पुग्दैन। सिंहदरबार पुग्ने हो गतिमा भने घोडाको दौडिनु पर्छ।" उनले भने।

ओली सरकारका काम कारबाहीलाई लिएर सत्ता पक्षकै नेताले तिब्र आलोचना गरिरहँदा प्रतिपक्ष कांग्रेस सभापति विभिन्न घटनामा मौन बस्नुलाई आचार्यले अर्थपूर्ण ढंगमा लिएका छन्। कांग्रेस रिबिल्डिंग गर्ने हो भने ताप्लेजुङ्ग देखि दार्चुला सम्म झापा देखि कंचनपुर सम्म भएको कांग्रेसलाई उर्जावान बनाउनु पर्ने उनको तर्क छ।

पुरन्जन आचार्यसँगकाे थप कुराकानी भिडियोमा हेर्नुहोला।

प्रकाशित: २५ पुस २०७५ १५:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App