१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दैैछ। विहान ११ बजे बस्ने तय भएको बैठक नेताहरुको व्यस्तताका कारण दिउँसो २ बजेपछि मात्रै बस्ने भएको छ। 

बैठकमा पार्टी एकता प्रक्रिया, सरकारका कामकारवाहीको समीक्षा तथा जिल्ला कमिटीका एकीककरणसम्बन्धी कार्यसूची, वरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिमाथि छलफल हुने बताइएको छ। त्यस्तै, मन्त्रिपरिषद हेरफेरको विषयले पनि बैठकमा प्रवेश पाउने सम्भावना रहेको नेताहरु बताउँछन्। 

पछिल्लो समय सरकारका कामकारवाही प्रभावकारी नभएको भन्दै नेकपाभित्रै असन्तुष्टि छ। कतिपय नेताहरुले त काम नगर्ने मन्त्री हटाउन र मन्त्रिमण्डल पुनर्गठन गर्न माग समेत गरेका छन्। 

प्रकाशित: ४ कार्तिक २०७५ ०६:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App