१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेवि संघमा ३२ वर्षे उमेर हद

काठमाडौं-  नेपाल विद्यार्थी संघमा उमेर हदको प्रावधानलाई नेपाली कांग्रेस केन्द्रिय समितिले पारित गरेको छ। कांग्रेस बैठकले नेवि संघको सदस्य बन्न उमेरको हद बारे नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशनबाट पारित विद्यमान व्यवस्थाको ३२ वर्षे प्रावधानलाई यथावत राख्ने निर्णय गरेको हो। नेविसंघको विधानमा रहेको अन्य व्यवस्थाका सन्दर्भमा असोज २५ गते बस्ने बैठकले निर्णय गर्ने प्रवक्ता विश्व प्रकाश शर्माले बताए।

बैठकमा रामचन्द्र पौडेल, सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु— प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, अर्जुननरसिंह के.सी., महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की लगायतले बोलेका थिए। पौडेलले बैठकमा पार्टीको विधान लगायत अन्य महत्वपूर्ण विषयमा छलफल अघि बढाउनु पर्ने बताएका थिए।

चाढपर्वको समयमा महंगी बढेको भन्दै कांग्रेसले सरकारको आलोचना गरेको छ। कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्याका दोषीलाई अढाई महिना पुग्दा पनि कारबाहीको दायरामा नल्याउनु दुखद भएको भन्दै सरकार विषयको गम्भीरता प्रति असंवेदनशील र असक्षम भएको ठहर गरेको छ।

 

प्रकाशित: २२ आश्विन २०७५ ०८:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App