१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

काङ्ग्रेसको चिन्ता ओलीले लिनुपर्दैनः गगन थापा

फाइल फाेटाे।

काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेसको चिन्ता नलिन आग्रह गरेका छन्। थापाले सरकारले आफ्ना कामहरु जनपक्षीय रुपमा अगाडि लगे कांग्रेस सहयोगीको भूमिकामा रहने स्पष्ट पार्दै कांग्रेसले आफ्नो चिन्ता आफैले लिने बताए।

रेडियो नागरिकको नियमित कार्यक्रम नागरिक मञ्चमा थापाले चिकित्सा शिक्षा सुधारका क्षेत्रमा डा. गोविन्द केसीले उठाएका माग पुरा हुने कुरामा सरकारमाथि अझै शंका गर्नुपर्ने र त्यो अधिकार आफूहरुलाई रहेको दाबी गरे। उनले डा. केसीसँग भएको सम्झौता बमोजिम चिकित्सा शिक्षा ऐन बने त्यसपछि बनाउने भनिएका विभिन्न आयोगहरुले स्वतन्त्र रुपमा काम गर्छन् कि गर्दैनन् भन्ने कुरामा आशंका रहेको बताए। सरकारको अहिलेको रुची अनुसार नै आयोग बनाउने र आयोगका पदाधिकारीले स्वतन्त्ररुपमा नभई सरकार वा नेकपाका नेताप्रति जिम्मेवार हुने अवस्था आयो भने डा. केसीले उठाएका मुद्दा फेरि पनि पाखा लाग्न सक्ने आशंका व्यक्त गरे।
थापासँगको कुराकानी तलको लिंकमा सुन्न सकिन्छ।

प्रकाशित: १३ श्रावण २०७५ ०६:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App