१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

अपहरण शैलीमा डा. केसीलाई काठमाडौं लगियो (फोटो फिचर)

जुम्ला– जुम्लामा २० दिन देखि अनसन बसेका डा. गोविन्द केसीलाई सरकारले बलजफ्ती काठमाडौँ लगेको छ। अहिले भर्खरै नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँ लगेको हो।  प्रहरीले बल प्रयोग गर्दै केसीलाई जुम्लाबाट उठाएको छ। प्रहरीको बल प्रयोग पछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहिर निकालिएका डा. केसीले आफूलाई सरकारले अपहरण गरेको बताए। उनले भने, गुरिल्ला शैलीमा अपहरण गर्दै मलाई लगियो, यो वर्तमान ओली सरकारको राम्रो काम होइन।

 उनले भने ‘मलाई सरकारले प्रहरीलाई गुरिल्लाका रुपमा प्रयोग गरेर अपहरण गरेको हो।’  अत्यधिक दमन गरेको प्रहरीले डा. केसीको पक्षमा रहेका चिकित्सक तथा स्थानीयमाथि लाठी प्रहार गरेको छ। प्रहरीको आक्रमणमा परि स्वास्थ्यकर्मी र विद्यार्थी गरि तीन दर्जन घाइते भएका छन्।

साथै चिकित्सक तथा विद्यार्थीले प्रतिकार गर्दा एक प्रहरी जवान गम्भीर घाइते भएका छन्। उनको छातीमा गम्भिर चोट लागेको छ। उनलाई प्रहरीले चलाएको गोली लागेको भनिएपनि सिसा गाडिएको दाबी गरिएको छ। उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । अहिले ति प्रहरीको अप्र्रेशन भैरहेको र अवस्था गम्भीर रहेको डा. पुजन रोकायाले बताए। अप्रेशनपछि नै गोली लागेको वा सिसा गडेको भन्ने एकिन हुने उनको भनाई छ।

डा. केसीलाई अस्पतालबाट निकालेर एम्बुलेन्समा चढार्इ नेपाली सेनाको भैरवदल गण लिएर हेलिकप्टरमा चढाइएकाे थियाे। प्रहरीले दमन गरेपछि दिनभर अस्पताल क्षेत्र तनावग्रस्त वन्यो। डा. केसीलाई लिन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाही र गृहमन्त्री नरेशभण्डारी सहितको टोली जुम्लामा पुगेको थियो। डा. केसीलाई भेट्न जान थालेका मुख्यमन्त्री र गृहमन्त्रीलाई विद्यार्थीले अस्पतालभित्र पस्न दिइएका थिएनन्। 

डा. केसीले आफू जुम्लामा बस्दा झनै क्षति हुने भएको भन्दै काठमाडौंमै गएर सत्याग्रह जारी राख्ने बताए। उनले भने, सरकार मेरो स्वास्थ्य प्रति चिन्तित हुँदो हो त माग पुरा गथ्र्यो, माग अलपत्र पार्नकै लागि काठमाडौ लिएको हो। मलाई काठमाडौंमा लिएर माफिया, डन र नेता पोस्ने ऐन पारित गर्ने तयारी थालेको भन्दै उनले अन्तिम सम्म लड्ने बताए। डा. केसीले भने, गुरिल्ला शैलीमा अपहरण गरियो, ओलीको आदेशमा पुलिसले गुन्डागर्र्दी गर्यो। जति धरकपड गर्न खोजेपनि सत्याग्रह तोड्ने छैन्। अस्पताल जस्तो संवेदनशील क्षेत्रमा तोडफोड, लाठीचार्ज र गोली चलाउनेसम्म हर्कत गर्नु राज्य संयन्त्र नै डनमुखी भएको प्रमाणित हुन्छ। उनले थपे, मैले जुम्ला नछोडे प्रहरीले जुम्लालाई हत्या गर्छ, जुम्लावासी बचाउनकै लागि मैले जुम्ला छोड्दैछु।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App