२० पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

संसद पुनर्स्थापनाको माग राख्दै विराटनगरमा प्रदर्शन

संसद पुनर्स्थापनाको माग राख्दै एमालेले विराटनगरमाप्रदर्शन गरेको छ । मंगलबार विराटनगरस्थित पार्टी कार्यालयबाट मोटरसाईकल र्‍यालीसहित प्रदर्शन गरेको हो ।

विराटनगरस्थित पार्टी कार्यालयबाट सुरू भएको र्‍यालीले नगरका विभिन्नभागको परिक्रमा पछि पुष्पलाल चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । र्‍यालीमा सहभागिहरूले सरकारको बिरोध गरेका थिए भने  तत्काल प्रतिनिधि सभा पुनर्स्थापनाको माग राख्दै नारावाजी गरेका थिए ।

यस्तै कार्तिक २९ गते पनि विराटनगरमा र्‍याली र कोणसभाको आयोजना गरिने कार्यक्रम रहेको एमाले विराटनगर कमिटीले जनाएको छ । एमालेले सरकारले असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेको भन्दै सरकार विरुद्ध विरोध प्रदर्शन थालेको हो। प्रतिनिधि सभा पुनर्स्थापना नभएसम्म बिरोधका कार्यक्रम जारी रहने एमालेले जनाएको छ ।

एमालेले मंगलबार पालिका स्तरीय र्‍याली मोरङका पालिकाहरूमा आयोजना गरेको जनाएको छ ।

प्रकाशित: २५ कार्तिक २०८२ २१:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App