१० माघ २०८२ शनिबार
image/svg+xml
राजनीति

एमालेको परिकल्पनाका योजना जेन-जी पुस्तालाई: गिरी

एमालेका केन्द्रीय सदस्य पदम गिरीले नेकपा एमालेले अघि सारेको सम्वृद्धिका योजना जेन-जी पुस्ताका लागि भएको बताएका छन् । उनले समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा जेन-जी कै लागि एमालेले तयार षपारेको बताए ।  

एमाले कुश्मा नगर कमिटिले आयोजना गरेको मोटरसाइकल र्‍याली पछिको कोण सभालाई सम्बोधन गर्दै गिरीले देश सम्बृद्ध हुँदा आउने पुस्ताले नै त्यसको फाइदा लिने बताए ।

गिरीले सम्बृद्ध नेपाल सुखी नेपालीको परिकल्पनाकार केपी ओलीविरुद्ध अहिले चौतर्फी घेराबन्दी भएको बताउँदै त्यसको सामना गर्ने दावी गरे ।  

रेलमार्ग, सुरुङ मार्ग, खानी उत्खनननको सपना केपी ओली र सिंङगो एमालेले अघि सारेको सम्बृद्धिका आयोजना भएको गिरीको भनाई छ ।

भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूतिका लागि जेन-जी उमेर समूहले गरेको आन्दोलन आगजनी, लुटपाटका लागि नभएको गिरीको भनाई छ । लुटिएका हतियारहरु फिर्ता नभएको बताउँदै उनले वर्तमान सरकारले निर्वाचनको वातावरण बनाउन भन्दा पनि बिगार्न लागेको आरोप लगाए । सरकारका निर्णयले नै निर्वाचन हुन नसक्ने गिरीको भनाइ छ।  

 

प्रकाशित: २५ कार्तिक २०८२ २०:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App