१४ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

आत्मालोचना गर्न रामकुमारीलाई एक हप्ताको समय थप

नेकपा (एकीकृत समाजवादी) ले पार्टीकी नेता एवम् पूर्वमन्त्री रामकुमारी झाँक्रीलाई आत्मालोचनाका लागि थप एक हप्ताको समय दिएको छ।

झाँक्रीलाई पार्टीको सचिवालयले थप एक हप्ताको समय दिएको हो। यसअघि उनले आफूले स्पष्टीकरणपत्र नपाएको बताएकी थिइन्। पार्टीले यसअघि असार १९ गते स्पष्टीकरण सोधेको थियो।

यसअघि रुपन्देहीमा आयोजित एक कार्यक्रमका बीच बोल्ने क्रममा झाँक्रीले अध्यक्ष माधवकुमार नेपाल मुछिएको जग्गा प्रकरणको विषयमा 'मरेको सिनो' भन्ने शब्दावली प्रयोग गर्दै पार्टी पुनर्गठनको आवश्यकता औँल्याएकी थिइन्।

प्रकाशित: २४ असार २०८२ १९:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App