गुलरियामा आज देखि लन टेनिस प्रतियोगिता सुरु भएको छ। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गुलरिया नगरपालिका–४ खेलमैदानमा आज मंगलबार देखि लन टेनिस प्रतियोगिता सुरु भएको हो।
खेलको औपचारिक उद्घाटन कार्यक्रमपछि प्रतियोगिता सुरु भएको छ। गुलरियामा टेनिस कोर्ट निर्माणपछि पहिलो पटक राष्ट्रिय खेलको आयोजना भएको छ।
गुलरिया नगरपालिका–५ का मेघेन्द्र गिरी र सुमन चौधरी उक्त प्रतियोगिता सहभागी छन्।
कोर्ट नम्बर १ मा गण्डकी प्रदेशका करणबहादुर थापा र विभागीयतर्फ नेपाल प्रहरी टिमका दर्शिल श्रेष्ठबीच खेल भएको छ।
यस्तै २ नम्बर कोर्टमा बागमती प्रदेश टिमका निशान श्रेष्ठ र विभागीयतर्फ सशस्त्र प्रहरी टिमका सक्षमबहादुर शाहबीच पहिलो सिंगल खेल सुरु भएको छ।
उक्त प्रतियोगितामा सातै प्रदेशका सात टिम, तीन विभागीय र एक एनआरएनको टिम गरी ११ टिमको १ सय १० जना खेलाडीको सहभागिता रहेको छ।
प्रत्येक प्रदेशबाट महिला र पुरुष गरी १० खेलाडी सहभागी हुनेछन्। प्रतियोगिता मंसिर ८ देखि १४ गतेसम्म सञ्चालन हुनेछ।
सहभागी खेलाडीहरूलाई गुलरिया स्थित होटलमा बस्ने र खेलमैदानसम्म ल्याउन अटोरिक्साको व्यवस्था गरिएको बर्दिया जिल्ला टेनिस संघका अध्यक्ष दीपककुमार शर्माले जानकारी दिए।
प्रकाशित: ८ मंसिर २०८३ १४:१५ मंगलबार





-600x400.jpg)