२६ असार २०८२ बिहीबार
image/svg+xml
राजनीति

शेखरको दाबी: भुटानको पिपुल्स पार्टी खोल्नमा गिरिजाबाबुको भूमिका छ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भुटानको ‘भुटान पिपुल्स पार्टी’ खोल्नमा गिरिजाप्रसाद कोइरालाको योगदान गरेको बताएका छन्। शनिवार जय नेपाल फाउन्डेसनले गिरिजाप्रसाद कोइरालाको जन्म जयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

‘गिरिजाबाबु मोरङको जिल्ला सभापति हुनुहुन्थ्यो । बिपी कोइरालाले उहाँलाई के भन्नुभयो भने गिरिजा त यस पटक नउठ भन्नुभयो,’ कोइरालाले भने,‘हुन्छ सान्दाजु भइहाल्छ भन्नुभयो।’

त्यसपछि जसलाई बिपीले जसलाई बनाउनु थियो ती नेताले बिपीलाई भेटेर गिरिजाप्रसाद पनि लडिदिनुपर्‍यो र हारिदिनुपर्‍यो भनेको उनले बताए। ‘त्यो गिरिजाबाबुले मान्नुभएन,’ कोइरालाले भने। 

त्यसपछि गिरिजाप्रसाद आफ्ना साथी मनहरि बरालकहाँ गएको उनले बताए। उनले भने, ‘उहाँलाई लिएर भुटान जानुभयो। भुटान गएर तपाईँले सुन्नुभएको होला, भुटान पिपुल्स पार्टी त्यो पार्टी खडा गर्ने व्यक्ति गिरिजाप्रसाद कोइराला हो।’ 

यस्तो आत्मबल र सकारात्मक सोच राखेको भएर गिरिजाप्रसाद कोइरालाले ठुलो नेता बनेको शेखरले बताए। 

प्रकाशित: २१ असार २०८२ १७:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App