४ श्रावण २०८२ आइतबार
image/svg+xml
राजनीति

दाहालको निर्देशन: ०८४ को तयारीमा लाग्नू, नेपाली क्रान्तिलाई नयाँ चरणमा प्रवेश गराउनुछ

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीका नेता-कार्यकर्ताहरूलाई २०८४ सालको निर्वाचनको तयारीमा अहिलेदेखि नै जुट्न निर्देशन दिएका छन्।

उनले आगामी निर्वाचनमार्फत नेपाली क्रान्तिलाई नयाँ चरणमा प्रवेश गराउनुपर्नेमा जोड दिए।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पर्सा–काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले भने, ‘आउने चौरासीलाई हामीले नेपाली क्रान्तिको एउटा नयाँ चरणमा प्रवेश गराउनेछौँ। आउने लडाइँ निर्वाचनको लडाइँ हो र यसका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ।”

उनले उत्पीडित जाति, वर्ग, समुदाय र महिलाहरूको पहिचान र अधिकारका लागि फेरि एकपटक एकजुट भएर अगाडि बढ्नुपर्ने समय आएको बताए।

कलाकार बाबा पाख्रिनसहित पर्साबाट आएका सयौँलाई पार्टीमा स्वागत गर्दै उनले यो प्रवेशले पर्सामा माओवादीको विजय यात्रा आजैबाट सुरु भएको उद्घोष गरे। यसलाई उनले आगामी चुनावी तयारीको सुरूवातको रुपमा व्याख्या गरे।

प्रकाशित: २१ असार २०८२ १५:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App