१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक: तरुण दलको म्याद मंसिरसम्म थप

तेस्रो दिन ६ जना केन्द्रीय सदस्य र ६ प्रदेश सभापति बोले

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा तेस्रो दिन ६ जना केन्द्रीय सदस्य र ६ जना प्रदेश सभापतिले धारणा राखेका छन्। सोमबार(असार १६) गतेबाट सुरु भएको बैठक अझैँ केही दिन लम्बिने देखिएको छ। 

तेस्रो दिनको बैठकले विद्वान गुरुङ नेतृत्वको नेपाल तरुण दलको पदावधि मंसिरसम्म थप गर्ने निर्णय गरेको छ। ‘आजको बैठकले नेपाल तरुण दलको महाधिवेशन निर्देशन समितिको प्रस्ताव अनुरूप २०८२ मंसिर २६–२८ मा अनिवार्य सम्पन्न गर्ने गरी त्यही मितिसम्मका लागि केन्द्रीय समितिको पदावधि थप गर्ने एवं तयारी र व्यवस्थापन सहजीकरणको लागि नेपाल तरुण दलको मौजुदा कार्यसमिति भित्रैबाट सानो व्यवस्थापन समिति बनाउने निर्णय गरेको छ,’ बैठकपछि मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महाधिवेशन सम्पन्न गर्न निर्देशन समितिलाई पार्टीको तर्फबाट सम्पूर्ण जिम्मेवारी प्रदान गरिएको छ ।’ 

बुधवारको बैठकमा केन्द्रीय सदस्य श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, शिवप्रसाद हुमागाईँ, कर्णबहादुर बुढा, गोविन्दबहादुर शाह, राजेन्द्रकुमार केसी, मोहन आचार्य, रंगमती शाही, कान्तिका सेजुवाल, विद्यादेवी तिमिल्सीना र आमन्त्रित सदस्यका रूपमा प्रदेश सभापतिहरू उद्धव थापा (कोसी), कृष्णप्रसाद यादव (मधेस), इन्द्रबहादुर बानियाँ (बागमती), अमरसिंह पुन (लुम्बिनी), ललितजंग शाही (कर्णाली) र वीर बहादुर बलायर (सुदूरपश्चिम) ले धारणा राखेका छन्। 

यस्तै चौथो दिनको बैठक बिहीबार दिउँसो १२ः३० मा पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने भनिएको छ। 

प्रकाशित: १८ असार २०८२ १९:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App