१५ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेसले केन्द्रीय कार्यालय अगाडीको घरजग्गा किन्ने, ५० लाख रुपैयाँ बैना बुझायो

ललितपुरको सानेपामा रहेको नेपाली कांग्रेस केन्द्रीय कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाइने भएको छ ।  

यसका लागि कार्यालयभन्दा अगाडि रहेको १९ आना जग्गा र सोही जग्गामा बनेको तीनतले घर खरिद गर्ने निर्णय गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  

ललितपुर निवासी अमिरमान अमात्यका नाममा रहेको सो जग्गा र घर कांग्रेस केन्द्रीय कार्यालयले खरिद गर्नेगरी यही असार ११ गते सम्झौता भएको उनले बताए ।  

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा जग्गाधनीसँग एक वर्षभित्र पास गर्नेगरी रु ५० लाख बैनासहित सम्झौता भएको पार्टी कार्यालयले जनाएको छ । 

निर्धारित रु १३ करोड पार्टीको विभिन्न तहको लेबी एवं शुभेच्छुकहरूको सहयोगमार्फत सबैको अपनत्व गाँसेर चुक्ता गरिनेछ ।

प्रकाशित: १३ असार २०८२ १६:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App