२४ माघ २०८२ शनिबार
image/svg+xml
राजनीति

गृहमन्त्रीको आग्रह: प्रहरी विधेयक असारभित्रै संसद्‌मा पेश गर्ने वातावरण बनाइदिनु

गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयकलाई असार महिनाभित्रै संसदमा पेश गर्ने वातावरण मिलाइदिन राज्य व्यवस्था तथा सुशासन समितिलाई आग्रह गर्नुभएको छ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उनले यो विधेयक आफ्नो र गृह मन्त्रालयको उच्च प्राथमिकताको विषय भएको स्पष्ट पारे।

वि.सं. २०७० पछि पहिलो पटक प्रहरी कानुन बन्न लागेकाले यसको विशेष महत्व रहेको बताउँदै, विधेयकलाई टुङ्गो लगाउन आवश्यक छलफलका लागि मन्त्रालय पूर्ण रूपमा तयार रहेको उनले प्रतिबद्धता जनाए।

यसका साथै, गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बल सम्बन्धी विधेयकलाई पनि छिटो टुङ्गो लगाउन आग्रह गर्दै गृह मन्त्रालय अन्तर्गतका अन्य विधेयकहरू पनि पाइपलाइनमा रहेको जानकारी दिए।

‘यी विषयहरुमा समितिका माननीयहरुले दिनुभएको प्राथमिकताका लागि धन्यवाद दिन चाहन्छु।’ उनले भने।

प्रकाशित: ११ असार २०८२ १५:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App