राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता प्रकाशचन्द्र लोहनीले शीर्षस्थ नेताहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाललाई ‘रित्तो गग्रो’को संज्ञा दिएका छन्। भिजिट भिसा प्रकरणमा बनेको छानबिन समितिको सन्दर्भ जोड्दै लोहनीले यस्तो आरोप लगाएका हुन्।
‘विडम्बना छ, ओलीजी आफूलाई भ्रष्टाचार विरोधी भन्नुहुन्छ, शेरबाहादुरजी आफूलाई नैतिकवान्नेताको दाबी गर्नुहुन्छ,प्रचण्डजी सबैभन्दा बढी क्रान्तिकारी आफूलाईघोषणागर्नुहुन्छतर, उहाँहरू गरिब नेपालीको शाषणगृह मन्त्रालयबाट हुँदै गरेकोतस्करीबारेसंसदीय समितिबनाएर यथार्थताजनतामा राख्नेराजनैतिक आँटर हिम्मत नभएकोनालायक काँतरको रूपमा देखिनुभएको छ। यस्तारित्तोगाग्रोहरूबाटदेशअगाडि जान्छ भन्नुआकाशको फल आँखा तरी मरभने जस्तै हो। अब जनता जाग्नैपर्छ,’ उनले भनेका छन्।
उनले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति बनाउन किन डराएको भनेर प्रश्न पनि गरेका छन्। ‘समिति गठन गर्ने भएपछि किन संसदीय समिति गठन गरेर छानबिन गर्न डराएको ? किन संसद्लाईविश्वास गर्न नसकेको ? अब त् झन्शङ्कागर्ने अवस्था आयो,’ उनले भनेका छन्।
उक्त प्रकरणमा सरकारले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा सात सदस्यीय समिति बनाएको छ। तर, राप्रपासहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि समितिको विरोध गरेको छ। उनीहरूले संसदीय समिति नै बनाउन माग गरेका छन्।
प्रकाशित: १० असार २०८२ २०:०२ मंगलबार