राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले भिजिट भिसा प्रकरणमा बनाएको छानबिन समिति अमान्य भएको बताएका छन्।
मंगलबार सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै उनले छानबिन हुनुपर्ने व्यक्तिकै मातहतका कर्मचारीलाई राखेर बनाइएको छानबिन समिति अमान्य हुने बताएका हुन्।
उनले लेखेका छन्,'जस जसमाथि छानबिन हुनुपर्ने हो उसैले र उसैको मातहतका कर्मचारीलाई राखेर बनाइएको छानबिन समिति अमान्य छ।'
प्रकाशित: १० असार २०८२ १५:४७ मंगलबार





