१७ पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

भिजिट भिसा प्रकरणः सबैको भावना समेटेर उच्चस्तरीय समिति गठन गरिएको गृहमन्त्रीको दाबी

गृहमन्त्री रमेश लेखकले सरकारले संसदमा उठेका सबै आवाजको सम्मान गरेर भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्च स्तरीय समिति गठन गरेको दाबी गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा समितिबारे जानकारी दिँदै गृहमन्त्री लेखले यस्तो बताएका छन्।  

‘सदनमा उठेको विषय, भावना समेटेर, समस्याको दीर्घकालीन समाधान हुन सकोस् भन्ने उद्देश्यका साथ कार्यादेश दिएर यो उच्चस्तरीय समिति गठन गरिएको छ,’ गृहमन्त्री लेखले भने, ‘सदनभित्र उठेका सबै भावनाहरुलाई समेटिएको छ। कुनै एउटा पार्टी, अर्को पार्टी अथवा एउटा माननीय सदस्य, अर्को माननीय सदस्य होइन समस्या छ, यो हाम्रो समस्या हो।’  

यो समस्यालाई सबैले मिलेर दीर्घकालीन रुपले समाधान गर्ने पनि गृहमन्त्री लेखकले बताए। उनले भने, ‘त्यसका लागि उठेका सबै विषयलाई सम्मान गर्दै सबैलाई समेटेर यो कार्यादेश र समिति बनेको म निवेद गर्न चाहन्छु ।’

यो समितिले अध्यागमनका समग्र समस्या समाधान हुनसक्नेगरी सझाव प्रतिवेदन पेस हुने र त्यसअनुरुप सरकार अघि बढ्ने उनले बताए। ‘तत्काल गर्नुपर्ने केही सुधारका काम अघि बढाइएका छौँ। तर ती मात्र पर्याप्त नहुन सक्छन्। समग्रतामा समग्र विषय अध्ययन गरेर, छानबिन गरेर, ती समस्या, उल्झनहरु लाई समाधान गर्ने अल्पकालीन र दीर्घकालीन योजनाका साथ अघि बढ्नेगरी समितिले काम गर्नेछ,’ उनले भने।  

प्रकाशित: १० असार २०८२ १२:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App