१ श्रावण २०८२ बिहीबार
image/svg+xml
राजनीति

लुम्बिनी बजेट : असन्तुष्ट कपिलवस्तु कांग्रेसले आफ्नै मन्त्रीलाई कार्यक्रममा सहभागी नगराउने

लुम्बिनी प्रदेश सरकारले हालै ल्याएको बजेट भेदभावपुर्ण रहेको भन्दै कांग्रेस कपिलवस्तुले आफ्नो दलबाट मन्त्री बनेकाहरुलाई कुनै कार्यक्रममा सरिक नगराउने घोषणा गरेको छ । आफ्ना मन्त्रीहरुलाई सार्वजनिक तथा पार्टीका कुनै पनि कार्यक्रममा सहभागी नगराउने निर्णय कांग्रेस कपिलवस्तुले गरेको हो ।  

लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२-०८३ को बजेटप्रति पार्टी जिल्ला सभापति अब्दुल कलामले बिज्ञप्ती निकाल्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । बजेटमा कपिलवस्तुलाई उपेक्षा गरेको भन्दै कांग्रेसबाट मन्त्री बनेकाहरुलाई कपिलवस्तुमा कार्यक्रम सहभागी गराई निषेध गर्ने गरेको हो । कपिलवस्तुमा विकास निर्माणका योजनाहरु न्युन राखी आफनो निर्वाचित क्षेत्रलाई मनपरिरुपमा बजेट विनियोजन गरेको जनाइएको छ ।  

प्रदेशकै मन्त्री भएर विकासका लागि आफनो निर्वाचनभन्दा माथि उठ्न नसक्नु निकै दुखद् कुरा रहेको अध्यक्ष कलाले बताए । तत्काल समानुपातिकरुपमा विकास बजेट विनियोजन गर्न उनले आग्रह गरे ।

प्रकाशित: ९ असार २०८२ १४:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App