२६ असार २०८२ बिहीबार
image/svg+xml
राजनीति

अभिनेता रमेश उप्रेतीले पनि गरे रविको पक्षमा हस्ताक्षर

अभिनेता रमेश उप्रेतीले पनि रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन्। लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले असार ७ गतेदेखि हस्ताक्षर अभियान जारी राखेको छ। अभियानअन्तर्गत आइतबार (आज) अभिनेता उप्रेती रास्वपा मुख्यालय वनस्थली पुगेर हस्ताक्षर गरेका हुन्।

हस्ताक्षर गरिसकेपछि अभिनेता उप्रेतीले लामिछाने आफ्नो भरोसा रहेको बताएका छन्। 'रविजीको साथमा म छु। रविजी एउटा आशा हो, भरोसा हो। राष्ट्रिय स्वतन्त्र पार्टी पनि हो त्यसमा, किनभने राष्ट्रिय स्वतन्त्र पार्टी भन्नेबित्तिकै रविजी आउनुहुन्छ। अहिले उहाँलाई अलि गाह्रो छ तर, रातपछि दिन पक्कै पनि हुन्छ। र, दिनपछि फेरि रात आउँछ। त्यसकारण रात पर्‍यो भनेर अत्तालिहाल्नुपर्ने छैन। रविजीले कडा परीक्षा दिइरहनुभएको छ। सायद कडा परीक्षापछि रिजल्ट पनि राम्रै आउँछ,' उनले भने।

पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका लामिछाने अहिले थुनामा छन्। रास्वपाले यसलाई 'प्रतिशोध' भनेको छ। यसविरुद्ध रास्वपाले हस्ताक्षर सङ्कलन गरेको हो। पार्टीको तेस्रो स्थापना दिवसको अवसर पारेर लामिछानेले प्रहरी हिरासतबाटै असार ७ गते बीस पृष्ठको एक दस्ताबेज प्रस्तुत गरेका थिए। हस्ताक्षर सङ्कलनको बारेमा उनले त्यहीँ प्रस्ताव गरेका थिए। जसअनुरूप अहिले रास्वपाले हस्ताक्षर सङ्कलन गरिरहेको छ।

यसअघि अर्का अभिनेता विपिन कार्कीले पनि हस्ताक्षर गरेका थिए।

यो पनि पढ्नुहोस्

रविकाे पक्षमा हस्ताक्षर गर्न पुगे अभिनेता विपिन कार्की

प्रकाशित: ८ असार २०८२ १९:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App