१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

माओवादीले अवरोध गरेपछि कर्णाली प्रदेशसभाको बैठक स्थगन

फाइल।

प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले अवरोध गरेपछि कर्णाली प्रदेशसभाको बैठक स्थगन भएको छ।

प्रदेशसभाको आज (आइतबार) को बैठकमा सभामुख नन्दा गुरुङले काम कारबाही सुरु गरेको घोषणा गरेपछि माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णबहादुर जिसीले बैठकमा समय मागेर बोलेका थिए।

उजले बजेट आर्थिक ऐन विपरीत आएको आरोप लगाए। बजेट निर्माण प्रक्रिया नै त्रुटिपूर्ण भएको दाबी गर्दै जिसीले आयोजना बैङ्क अन्तिमसम्म पनि सार्वजनिक गर्न नसकेको र प्रतिपक्षी दलसँग भएका हालसम्मका सहमति कार्यान्वयन हुन नसकेको आरोप लगाए।

माग सम्बोधन नभएसम्म सदनका काम कारबाही अगाडि बढ्न नसक्ने उनको भनाइ थियो। विरोधमा नेकपा (एकीकृत समाजवादी) र राप्रपासहितको दलहरुले समर्थन गरेका छन्।

बैठक अवरोध भएपछि कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले यही असार ५ गते कर्णाली प्रदेशसभासमक्ष टेबुल गरेको कर्णाली प्रदेश आर्थिक विधेयक, २०८२ तथा विनियोजन विधेयक, २०८२ माथिको कारबाही अगाडि बढ्न सकेन।

अवरोध जारी रहेपछि सभामुख गुरुङले बैठक आधा घण्टाका लागि स्थगन भएको जानकारी दिए।

प्रकाशित: ८ असार २०८२ १९:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App