१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

संसद्‌मा ‘हंगामा’ मच्चाउनेगरी के बोलेका थिए अमरेशले ?

स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले आइतबार प्रतिनिधि सभाको बैठकमा विनियोजित बजेटका विषयमा बोल्दै थिए ।

उनले भने,'नेपाल सरकारलाई आग्रह गर्न चाहन्छु। यो चार पाँच भाग्यमानी जिल्लाहरू छन्। त्यसलाई नेपालमा राखौँ। ७७ जिल्लामा बाँकी ७२ जिल्लालाई लिजमा दिऊँ अर्को देशलाई। अमेरिकालाई दिऊ, चाइनालाई दिऊ, भारतलाई दिऊ। बजेट नै जाँदैन भने त्यो जिल्लालाई नेपालमा किन राख्नु। ट्याक्स लिन मात्र राख्ने।'

सांसद सिंहले आपत्तिजनक र राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै एमाले प्रमुख सचेतक महेश बर्तौला ले आपत्ति जनाएका थिए । त्यसपछि सत्तापक्षका अन्य सांसद समेत उठेर विरोध गरेका थिए ।

बर्तौलाले सिंहले राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै कारबाही गर्न माग गरेका थिए। त्यसपछि सभामुख घिमिरेले नेपालको भूमि अन्य देशलाई दिए हुन्छ भन्ने कुरालाई रेकर्डबाट हटाउन निर्देशन दिएका थिए।

सभामुख घिमिरेले रेकर्डबाट हटाउन निर्देशन दिएपछि सिंहले असन्तुष्टि व्यक्त गरेका थिए। त्यसपछि घिमिरेले बजेटमाथिको छलफलमा केन्द्रित हुन रुलिङ गरेका थिए।

सभामुखले दिएको रुलिङलाई बेवास्ता गरेपछि सिंहलाई सभामुख घिमिरेले  ‘डायस छाडेर तल जानू’ भनी निर्देशन दिएका थिए। 

यो पनि पढ्नुहोस्

‘पाँच वटा जिल्लाबाहेक अरु भाडामा दिए हुन्छ’ भन्ने अभिव्यक्ति हटाउन सभामुखको निर्देशन

प्रकाशित: ८ असार २०८२ १२:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App