ग्वार्को ‘ओभर पास’ को शुक्रबार औपचारिक उद्घाटन गरिएकाे छ।
चक्रपथको सवारी चापलाई सहज बनाउने उद्देश्यले निर्माण गरिएको यो ओभर पासले सवारी व्यवस्थापनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटनका क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीलाई रिबन काट्न लगाएका थिए।
ओभरपास उद्घाटन भएसँगै अब चक्रपथमा गुड्ने सवारी साधनहरू ग्वार्को चोकमा नरोकिईकनै पुल माथिबाट आवतजावत गर्नेछन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार उद्घाटनपछि ओभरपासलाई सवारी आवागमनका लागि खुला गरिने छ।
प्रकाशित: ६ असार २०८२ १६:४५ शुक्रबार