नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले आर्थिक वर्ष २०८२/८३ को बजेट पुस्तिका संसद् बैठकमै च्यातेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रालयगत बजेट किताब च्यातेका हुन् ।
उनले भौतिक पूर्वाधारको बजेटले जनताको माग सम्बोधन गर्न नसकेको बताए।
प्रकाशित: ५ असार २०८२ १३:४१ बिहीबार