३० असार २०८२ सोमबार
image/svg+xml
राजनीति

उखु किसानलाई दिइँदै आएको अनुदान बिनाकारण रोकिनु आपत्तिजनक : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उखु किसानलाई दुई दशकअघिदेखि दिइँदै आएको उत्पादनमा आधारित अनुदान बिनाकारण रोकिनु आपत्तिजनक भएको बताएका छन्।

सामाजिक सञ्जालमा लेख्दै कोइरालाले यस्तो बताएका हुन्। उनले चिनी उद्योगलाई आत्मनिर्भर बनाउनुपर्नेमा यस्तो निर्णयले उखु किसान विस्थापित हुने पक्का भएको समेत उल्लेख गरे।

सोही क्रममा कोइरालाले सरकारको यो निर्णय चिनी विचौलियाको प्रभावमा परेर भएको त हैन? भन्दै आशंका समेत व्यक्त गरे।

उनले लेखेका छन्, 'उखु किसानलाई दुई दशकअघिदेखि दिइँदै आएको उत्पादनमा आधारित अनुदान बिनाकारण रोकिनु आपत्तिजनक छ। चिनी उद्योगलाई आत्मनिर्भर बनाउनुपर्नेमा यस्तो निर्णयले उखु किसान विस्थापित हुने पक्का छ। कतै सरकारको यो निर्णय चिनी विचौलियाको प्रभावमा परेर भएको त हैन?'

प्रकाशित: ५ असार २०८२ ०८:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App