राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभामुख देवराज घिमिरेले बोल्न नदिएको भन्दै दुखेसो पोखेको छ।
आइतबार (आज) संसद् भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुराकानी गर्दै पार्टीका प्रवक्तासमेत रहेका रास्वपा सांसद मनीष झाले यस्तो जिकिर गरे।
आज बिहानको बैठकमा पहिले रास्वपालाई बोल्न दिने सहमति भएको तर, बैठकमा सभामुख घिमिरेले त्यसविपरीत आफूहरूलाई बोल्न नदिएको उनले बताए।
भिजिट भिसा प्रकरणलाई लिएर गत जेठ १४ गतेयता संसद् अवरुद्ध गर्दै आएको रास्वपाले अहिले पनि यसलाई जारी राखेको छ।
आजको बैठकको अवधिभर पनि रास्वपाले नाराबाजी नै गरेर बसेको थियो।
प्रकाशित: १ असार २०८२ १७:५२ आइतबार





