१५ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

संसद् ‘पेलेरै’ अघि बढाइएको प्रति शाहीले भने- यो दादागिरी हो, बन्द गर्नुस् !

<br>

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले संसदमा प्रतिपक्षीको आवाजलाई बेवास्ता गर्दै सदनको कारबाही अघि बढाउनु संसदीय अभ्यास नभई ‘दादागिरी’ भएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

राप्रपा र रास्वपाको अवरोधकै बीच सदन चलाइएकोमा उनले सभामुखलाई नै प्रश्न गर्दै यस्तो कार्य तत्काल बन्द गर्न चेतावनी दिए।

‘संसदमा यसरी आन्दोलन भइरहँदा सदन चलाउनु के उचित हुन्छ ?’ सभामुखलाई प्रश्न गर्दै शाहीले भने, ‘यो उचित हुँदैन। हामी जनताले जिताएका जनप्रतिनिधि हौं।’

उनले भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही गर्ने मागमा सबै दलले साथ दिनुपर्ने बताउँदै भने, ‘यसरी संसद चलाउनु संसदीय अभ्यास होइन, यो दादागिरी हो। यो दादागिरी बन्द गर्नुस्।’

राप्रपा र रास्वपाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति र गृहमन्त्रीको राजीनामा माग गर्दै सदनमा निरन्तर विरोध गर्दै आएका छन्।

प्रकाशित: १ असार २०८२ १३:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App