१२ माघ २०८२ सोमबार
image/svg+xml
राजनीति

नारायणकाजीको चेतावनी: आवश्यक परे ‘जनान्दोलन’ बाट जवाफ दिन्छौं

फाइल।

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशमा ‘भ्रष्ट र निरंकुश’ तत्वहरू हाबी भएको भन्दै आवश्यक परे ठूलो जनान्दोलनमार्फत प्रतिवाद गर्ने चेतावनी दिएका छन्।

उनले जनतालाई सडकमा उत्रिनसमेत तयार रहन अपिल गर्दै वर्तमान सत्ता सञ्चालकहरूलाई खबरदारी गरेका हुन्।

पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले भने, ‘अहिले त हामी खबरदारी र चेतावनी दिइरहेका छौँ। तर आवश्यक पर्‍यो भने ठूलो जनान्दोलनको विकास गर्नुपर्ने हुनसक्छ, त्यो आन्दोलनमा पनि तपाईंहरू साथ आउनुस्।’

उनले आफ्नो पार्टीको राष्ट्रिय अभियान सरकार र प्रतिगामी शक्तिलाई सचेत गराउन केन्द्रित रहेको बताए।

देशलाई संकटबाट बचाउने उत्तम विकल्प आगामी निर्वाचनमा माओवादीलाई बहुमत दिलाउनु रहेको उल्लेख गर्दै उनले त्यसो हुन नसके देश थप संकटमा फस्ने बताए।

प्रकाशित: ३१ जेष्ठ २०८२ १७:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App