१ श्रावण २०८२ बिहीबार
image/svg+xml
राजनीति

०८४ मा बहुमत नआए देश संकटमा फस्छ: नारायणकाजी

फाइल।

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आगामी २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीले बहुमत हासिल गर्न नसके देश अझ गहिरो संकटमा फस्ने चेतावनी दिएका छन्।

देशलाई संकटबाट मुक्त गर्न र शहीदहरूको सपना पूरा गर्न माओवादी नेतृत्व अपरिहार्य रहेको उनको दाबी छ।

पार्टीको दोलखा-काठमाडौं सम्पर्क समन्वय समितिको सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उनले देशलाई संकटबाट बचाउन जनताले माओवादीलाई बहुमत दिनुपर्ने बताए।

‘यदि २०८४ को चुनावमा नेकपा (माओवादी केन्द्र) लाई बहुमतको सरकार बनाउने ठाउँमा पुर्‍याउन सकिएन भने यो देश झन् संकटको दलदलमा फस्छ,’ उनले भने।

उनले हाल सरकारको नेतृत्वमा भ्रष्ट र निरंकुश तत्वहरू रहेको आरोप लगाउँदै उनीहरूलाई सचेत गराउन आफूहरूले राष्ट्रिय अभियान चलाएको बताए। पार्टीलाई एकताबद्ध, क्रान्तिकारी र शक्तिशाली बनाएर मात्रै इतिहासले सुम्पेको जिम्मेवारी पूरा गर्न सकिनेमा उनले जोड दिए।

प्रकाशित: ३१ जेष्ठ २०८२ १६:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App