१ श्रावण २०८२ बिहीबार
image/svg+xml
राजनीति

घेराबन्दी र षड्यन्त्र बढेपछि पार्टीमा आकर्षण पनि बढ्यो: दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीविरुद्ध घेराबन्दी र षड्यन्त्र बढेसँगै जनतामा आकर्षण पनि बढेको दाबी गरेका छन्।

मोरङको उर्लाबारीमा शनिबार विभिन्न दलबाट ३७० जनालाई पार्टीमा स्वागत गर्दै उनले प्रतिक्रियावादी शक्तिहरू माओवादीको बढ्दो जनआधार देखेर आत्तिएको टिप्पणी गरे।

सरकारमा रहँदा सुशासन र सामाजिक न्यायका पक्षमा महत्वपूर्ण काम गर्दागर्दै षड्यन्त्रपूर्वक बाहिरिनु परेको बताउँदै अध्यक्ष दाहालले त्यसपछि जनताको घरदैलोमा पुग्दा पार्टीप्रतिको विश्वास थप बलियो भएको उल्लेख गरे।

पार्टीको बढ्दो लोकप्रियताका कारण नै भित्र र बाहिरबाट निरन्तर प्रहार भइरहेको उनको विश्लेषण थियो। उनले पूर्वी नेपालमा पार्टीको स्थिति सुदृढ रहेको बताउँदै आगामी चुनावमा उत्कृष्ट नतिजा हासिल गर्ने दाबी गरे।

उक्त अवसरमा अध्यक्ष दाहालले नेपाली कांग्रेस, एमालेलगायत विभिन्न दल परित्याग गरेका सन्देश घिमिरे, सुवास लामा, कर्म लिम्बुसहित ३७० नेता–कार्यकर्तालाई पार्टीमा स्वागत गरेका थिए।

नवप्रवेशीहरूलाई संगठनमा उचित जिम्मेवारी दिइने उनले प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: ३१ जेष्ठ २०८२ १५:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App