१ श्रावण २०८२ बिहीबार
image/svg+xml
राजनीति

वातावरण संरक्षण तथा प्रदूषण नियन्त्रणलाई सरकारले प्राथमिकतामा राखेको छ : अर्थमन्त्री

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वातावरण संरक्षण तथा प्रदूषण नियन्त्रणलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै त्यसमा हरेक नेपालीको सहयोग आवश्यक भएकामा जोड दिएका छन्।

आज यहाँ आयोजना गरेको विद्युतीय सवारीसाधन ‘इभी र्‍याली’मा उनले वातावरण संरक्षणलाई जलवायु परिवर्तनका कारण उत्पन्न हुनसक्ने जोखिमलाई दृष्टिगत गरेर तदनुरुप नीति निर्माणमा लागेको बताए।

अर्थमन्त्री पौडेलले भने, 'स्वच्छ वातावरणको सुनिश्चितता कुनै देश विशेषको नभएर सिङ्गो पृथ्वीको साझा चासो हो। एकातिर विकासका आवश्यकतालाई सम्बोधन गर्नु छ भने अर्कोतिर स्वच्छ वातावरण निर्माण। ‘सगरमाथा संवाद’ आयोजना गरेर हामीले  वातावरण संरक्षणका निम्ति हामी प्रतिबद्ध रहेको सन्देश दिएका छौँ।'

उनले विद्युतीय सवारी साधनको प्रवर्द्धनमा सरकार दृढतापूर्वक उभिएको बताए।

प्रकाशित: ३१ जेष्ठ २०८२ १३:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App