संसद् बैठकको समय सारिएको छ। बिहीबार (आज) दिउँसो ३ बजे बस्ने भनिएको बैठक आजै साँझ ५:३० बजेका लागि सारिएको हो।
भिजिट भिसा प्रकरणका कारण प्रतिपक्ष र सत्तापक्षबीच सहमति नहुँदा गत जेठ १४ गतेयता बैठक बस्न सकेको छैन।
प्रतिपक्षले उक्त प्रकरणमा छानबिन समितिको माग गरेको छ भने सत्तापक्ष त्यसमा सहमत छैन। यही चेपुवामा परेको सदन अवरुद्ध हुँदै आएको छ।
अहिले प्रतिपक्ष दलहरूको बैठक बसिरहेको छ। यो बैठकअघि सभामुख देवराज घिमिरे भेटेका प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहालले यथाशक्य सदन चलाउनका लागि पहल गर्ने बताएका थिए।
प्रकाशित: २९ जेष्ठ २०८२ १७:०० बिहीबार