११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग कायमै छ : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सत्तापक्षले प्रतिपक्षको मागको सम्बोधन गर्नुपर्ने बताएको छ। त्यसपछि मात्रै अहिले सदनमा उठेको समस्याको समाधान हुने रास्वपा प्रमुख सचेतक सन्तोष परियारले बताए।

'सत्तापक्षले प्रतिपक्षको मागको सम्बोधन गर्नुपर्‍यो, त्यसपछि समस्याको समाधान भइहाल्छ,' परियारले भने।

उनले गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग यथावत् नै रहेको बताए। 'मुख्य कुरा राजीनामा र समितिको कुरा यथावत् नै छ। अखित्यारले गर्ने अधिकार छँदैछ, गर्दैछ। तर, हाम्रो माग भनेको बृहत्तर हिसाबले गरौँ भन्ने हो,' उनले भने।

भिजिट भिसा प्रकरणको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रसहित रास्वपा, राप्रपा र एकीकृत समाजवादीले सदन अवरुद्ध गर्दै आएका छन्। 

उक्त प्रकरणमा दोषी भनिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र प्रकरणबारे छानबिनका लागि समिति बटमलाइन बनाएर सदन अवरुद्धमा उत्रिएकामध्ये रास्वपाबाहेक अन्य तीन दल भने लगभग सहमतिमा आएका छन्।

तर, रास्वपाले भने अडान छाडेको छैन।

प्रकाशित: २६ जेष्ठ २०८२ १८:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App