२३ आश्विन २०८३ शुक्रबार
image/svg+xml
समाज

जनकपुर र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना

लामो दूरीमा यात्रा गर्ने यात्री र चालकलाई थकाइ मार्न जनकपुरधाम र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले रामानन्द चोक र ट्राफिक बिट लालगढमा सेन्टर स्थापना गरेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख खगेन्द्रकुमार दाहालका अनुसार सेन्टरमा सवारी चालक तथा यात्रीलाई केही समय आराम गर्ने, चियापानी तथा आवश्यक परामर्श लिने व्यवस्था गरिनेछ।

चाडपर्वका समयमा सडकमा सवारीसाधनको चाप बढ्ने भएकाले दुर्घटना न्यूनीकरणका लागि सेन्टर बनाइएको हो। 

प्रकाशित: २३ आश्विन २०८३ ०८:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App