३ माघ २०८२ शनिबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभाको बैठक सुरु, विपक्षीको अवरोध कायमै

प्रतिनिधि सभाको सोमबारको बैठक सुरू भएको छ। दिउँसो २ बजेका लागि बोलाइएको बैठक डेढ घन्टा ढिलो गरी सुरू भएको हो।

प्रमुख प्रतिपक्षी दलहरूको लगातारको अवरोधका कारण बैठक सोमबार पनि प्रभावित बनेको छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समितिको माग गर्दै प्रतिपक्षीले अवरोध गरेपछि संसदमा गतिरोध जारी रहेको हो।

बैठक सुरु हुनासाथ प्रतिपक्षी सांसदहरूले आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सदनको कारबाही अगाडि बढ्न सकेन।

सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दलका सांसदहरूले नाराबाजीसहित विरोध गरेका थिए।

उनीहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन हुनुपर्ने र उनले राजीनामा दिनुपर्ने अडान राख्दै आएका छन्।

यसअघि सदनको गतिरोध अन्त्य गर्न सत्तापक्ष र प्रतिपक्षबीच पटक-पटक छलफल भए पनि कुनै ठोस सहमति जुट्न सकेको छैन।

प्रकाशित: २६ जेष्ठ २०८२ १५:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App