पूर्व अधिराजकुमारी हिमानी शाह छोरा हृदयन्द्रसहित शनिवार जुम्ला पुगेकी छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले हिमानी र हृदयन्द्रलाई जुम्ला लगेका हुन्।
दुवै जनालाई राजावादी समर्थकहरूले विमानस्थलमा पुगेर स्वागत गरेका छन्। जुम्लामै रहँदा हिमानीले गुठिचौरमा बर्थिङ सेन्टरको शिलान्यास र हिमा गाउँपालिकामा सिँचाइ पोखरीको उद्घाटन गर्ने बताइएको छ।
पूर्व युवराज्ञी हिमानीले आफू सहभागी हुने पछिल्ला कार्यक्रममा हृदयन्द्रलाई पनि सँगै लैजाने गरेकी छन्। राजावादीहरूले पूर्व राजा ज्ञानेन्द्र शाहका नाममा सहमत हुन नसके हृदयन्द्र पनि विकल्प हुन सक्ने प्रस्ताव गरिरहेका छन्। यस्तोमा हिमानी र हृदयन्द्रको सक्रियतालाई अर्थपूर्ण रूपमा हेरिएको छ।





तस्बिरहरूः सामाजिक सञ्जालबाट साभार
प्रकाशित: २४ जेष्ठ २०८२ १६:५९ शनिबार





