मधेस प्रदेशको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।
शुक्रबार प्रदेश प्रमुख सुमित्रा भण्डारीले प्रदेशसभामा आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।
कृषि क्षेत्रलाई मुख्य प्राथमिकता दिई प्रस्तुत भएको नीति तथा कार्यक्रममा ‘मधेसले देशलाई खुवाउने अभियान’ केन्द्रमा राखिएको छ ।
कृषिलाई अर्थतन्त्रका मेरुदण्डको रूपमा 'उत्पादन मधेसमा, विस्तार देशमा' नारा सहित आत्मनिर्भर बनाउन ‘मधेसले देशलाई खुवाउने अभियान’ लाई केन्द्रमा राखिएको छ भने ‘मधेसको शान, स्थानीय मखान’ नाराको साथमा मखान खेतीको विकास विस्तारसहित प्रचारप्रसार गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
मधेसलाई सिँचाइमा आत्मनिभर बनाउन “खेत(खेतमा पानी, घर(घरमा खाद्यान्न सहित आम्दानी” नारालाई आत्मसाथ गर्ने लक्ष्य लिइएको छ ।
‘आँपको बगौचा, मधेसको समृद्धि’ नाराको साथमा वृहत् आँपको क्षेत्र विस्तार गरिने नीति तथा कार्यक्रममा लक्ष्य दिइएको छ । ‘खेत–खेतमा पानी, घर–घरमा खाद्यान्नसहित आम्दानी’ नारामार्फत सिँचाइमा आत्मनिर्भर बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । ‘हर हाथ में सीप, हर घर में रोजगार, सीपयुक्त युवा, समृद्ध मधेस के आधार’ को अभियानलाई आत्मसाथ गर्दै एक लाख रोजगारीको अवधारणालाई अगाडि बढाइने सरकारको लक्ष्य रहेको छ ।
रोजगारी वृद्धि गर्न श्रमिकलाई सवारी, घर–घरमा रोजगारी नारा दिइएको छ। बालबालिकाको शिक्षामा पहुँच र सहभागिता वृद्धि गर्न तथा गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न ‘बच्चा के स्कुल पठाओ, साक्षरता के दीप जलाओ’ नारा दिइएको छ भने शिक्षामै अर्को, नारा छ ‘स्वस्थ समाजका लागि गुणस्तर शिक्षा।’
प्रकाशित: २३ जेष्ठ २०८२ १८:३१ शुक्रबार





