१५ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

वाईसीएल महाधिवेशन: आकाङ्क्षीको सङ्ख्या १३ बाट ३ मा झर्‍यो, अझै सहमतिको प्रयास

नेकपा (माओवादी केन्द्र) को युवा सङ्गठन योङ कम्युनिष्ट लीग (वाईसीएल) ले अझैसम्म सर्वसम्मत रूपमा नेतृत्व चयनको प्रयास जारी राखेको छ।

दुई पटकसम्म सार्वजनिक निर्वाचन कार्यतालिका पनि थाँती राखेर वाईसीएलले सहमतिको प्रयास जारी राखेको हो। यो प्रयास शुक्रबार (आज) साँझ ६ बजेसम्म जारी रहने सङ्गठनका निवर्तमान अध्यक्ष सुबोध शेर्पालीले जानकारी दिए।

पार्टीले यसको जिम्मा उपमहासचिव शक्ति बस्नेतलाई दिएको छ। उनको साथमा सङ्गठन इन्चार्ज रामप्रसाद सापकोटा पनि खटिएका छन्। उनीहरूले नेतृत्वका आकाङ्क्षीहरूसँग छलफल गरिरहेका छन्।

सङ्गठनका एक नेताका अनुसार नेतृत्वका १३ आकाङ्क्षीमध्ये १० जना सर्वम्मत रूपमा नेतृत्व चयनका लागि राजी भइसकेका छन्। बाँकी तीन जनाका बीचमा छलफल भइरहेको ती नेताले बताए।

अहिले केहरसिंह कुँवर, पुष्प ओली र कर्म पुलामीका बीचमा सहमति जुटाउने प्रयास भइरहेको हो। कुँवर निवर्तमान समितिमा उपाध्यक्ष हुन् भने ओली र पुलामी क्रमश: उपमहासचिव र सचिव हुन्।

प्रकाशित: २३ जेष्ठ २०८२ १७:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App