१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

जनताले चाहे सङ्घीयता र धर्मनिरपेक्षता अन्त्य गर्न सक्छन् : थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरूको आन्दोलनलाई संविधानले चिनेको छैन भनेर दमन गर्न सकिने अवस्था नरहेको दाबी गरेका छन्। बुधबार (आज) नागरिक फ्रन्टलाइनमा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै थापाले यस्तो दाबी पेस गरेका हुन्।

संविधानको धारा २७४ ले राष्ट्रिय अखण्डता, सार्वभौमिकता, स्वाधीनता र जनतामा निहीत सार्वभौमसत्ता बाहेक अरु विषयमा परिवर्तन हुनसक्ने थापाले बताए। 'यो संविधानमा राजसंस्था उल्लेख छैन। तर, हामीले उठाएको विषयलाई संविधानले चिनेको छैन भनेर दमन गर्न सकिने अवस्था छैन,' उनले भने।

अगाडि उनले भने, 'यी चारवटा विषयबाहेक अरु सबै विषयहरू जनताको अभिमतबाट परिवर्तन गर्न सक्ने संवैधानिक अधिकार सुनिश्चित गरेको छ। जनताले चाहे भने शासकीय स्वरूपलाई कायम गरेर राजसंस्था कायम गर्न सक्दछन्। जनताले चाहेको अवस्थामा राज्यको संरचनाका रूपमा रहेको सङ्घीयता र धर्मनिरपेक्षतालाई अन्त्य गर्न सक्छन्।'

उनले सङ्घीयता, धर्मनिरपेक्षता र गणतन्त्रको विकल्प खोज्न थालिएको बताए।

प्रकाशित: २१ जेष्ठ २०८२ १९:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App