प्रतिनिधिसभा (संसद्) बैठक पुन: सरेको छ। बुधबार (आज) दिउँसो १ बजे बस्ने भनिएको बैठक ३:१५ बजेका लागि सरेको थियो।
तर, ३:१५ बजे पनि बस्न नसकी बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) सहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरूले संसद् गृहमन्त्री रमेश लेखकले राजीनामा दिएपछि मात्रै खुल्ने अडान छाडेका छैनन्।
यसपछि बैठक निरन्तर स्थगित हुँदै आएको छ। गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा दोषी रहेको आरोप छ।
सत्तापक्ष र प्रतिपक्ष दलहरूका बीचमा प्रशस्त छलफल भएका छन् तर, सहमति जुटेको छैन। सत्तापक्षले भिजिट भिसा कर्मचारी तहको प्रकरण भनेको छ भने प्रतिपक्ष दलहरूले निष्पक्ष छानबिनका लागि गृहमन्त्री लेखकले राजीनामा दिनैपर्ने भनेका छन्।
प्रकाशित: २१ जेष्ठ २०८२ १५:३६ बुधबार





